टोकियो: जापानमा भारी वर्षापछि आएको बाढीका कारण ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १० जना अझै हराइरहेका छन्। कीर्तिमानी वर्षाले इशिकावा प्रिफेक्चरको केही क्षेत्रलाई बाढी र पहिरोको चपेटामा पारेको हो। शनिबारदेखि सुरु भएको भारी वर्षाले सोमबार मध्याह्नसम्म इशिकावा प्रिफेक्चरका वाजिमा र सुजु शहरमा ठूलो क्षति पुर्याएको छ। आइतबार मात्र यी दुवै सहरमा एकै दिनमा महिनाभरि पर्ने पानी खसेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
बाढीले जनजीवन अस्तव्यस्त पारेको छ, हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ, र उद्धार कार्यमा सेना र आपतकालीन टोलीहरू परिचालित भएका छन्। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाउन र जनतालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी