काठमाडौं । २८ अक्टोबर २०२४ मा दशरथ रंगशालामा भएको भारत र नेपालबीचको फुटबल खेल अत्यन्त रोमाञ्चक तरिकाले सम्पन्न भयो, जसमा केही विवाद पनि उत्पन्न भयो। खेलको मध्यमा नेपाली खेलाडी रेखा पौडेललाई रातो कार्ड देखाइएपछि नेपालले १० खेलाडी मात्र बाँकी राखेर खेल अगाडि बढायो। यस अवस्थामा भारतीय टोलीले गोल गर्दै खेलमा अग्रता लियो।
भारतीय खेलाडीहरुले गोलको उत्सव मनाइरहँदा रेफ्रीले खेल पुनः सुरु गर्ने सिठी बजाइसकेका थिए। नेपालका खेलाडीले तिव्र गतिमा बल चलाउँदै गोल गरे जब भारतीय गोलरक्षक र अन्य खेलाडीहरु अझै उत्सवमा रमाइरहेका थिए। रेफ्रीले यो गोललाई अस्वीकृत गर्दा नेपाली खेलाडी र समर्थकहरुले तीव्र असन्तुष्टि व्यक्त गरे। दशरथ रंगशालामा केहीबेर तनाव सृजना भयो, जसले गर्दा खेल अवरुद्ध हुन पुग्यो। रेफ्रीले खेल दोहोर्याएर अवलोकन नगरी गोललाई मान्यता नदिएपछि यो विवाद झन् जटिल भएको थियो।
तर, अन्ततः निर्णायक रेफ्रीको भारतको निर्णयपछिको १२६ मिनेटमा खेल पुनः सुरु भएको थियो। खेल पुनः सुरु भएको २ मिनेटमा नै नेपाली खेलाडी सबित्रा भण्डारीले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याइन्। खेलको अन्तिम हाफमा समेत दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी शूटआउटमा गएको थियो।
पेनाल्टी शूटआउटमा नेपालकी गोलरक्षक अञ्जना राना मगरले उत्कृष्ट प्रदर्शन गर्दै भारतीय टोलीको १ प्रहार रोक्न सफल भइन्। यससँगै नेपालले २-० को अग्रता लियो। अन्ततः नेपालले ४-२ को फराकिलो अन्तरले खेल जित्दै भारतसँगको रोमाञ्चक सेमिफाइनल खेलमा सानदार विजय हासिल ग¥यो। यो जीतसँगै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com