भक्तपुर – भ्रस्टाचार विरोधी अभियन्ता हेम पाठकले सहकारी क्षेत्रमा देखा परेको विकराल समस्याको मुख्य कारण सरकारी निकायको लापरबाही रहेको बताएका छन्।
नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाठकले भने, “सहकारी क्षेत्रमा देखिएको आर्थिक संकट दुई प्रमुख कारणले आएको हो। पहिलो, सरकारको सहकारी नीति र दोस्रो, सरकारी निकायको अनुगमनको अभाव।”
उनले भने, “नेपाली जनताले विभिन्न माध्यमबाट जम्मा गरेको पैसा – चाहे त्यो मकै पोलेर, टमाटर बेचेर, दुध बेचेर वा अन्य व्यापार व्यवसायबाट आएको होस् – सबै सहकारीमा जम्मा गरियो। सरकारले सहकारी खोल्ने व्यक्तिको पृष्ठभूमि, क्रेडिट हिस्ट्रीजस्ता महत्त्वपूर्ण पक्षहरू नहेरी जसलाई पनि सहकारी खोल्ने अनुमति दियो। सहकारीले बैंकभन्दा अलि धेरै ब्याज दिने आश्वासन दिएपछि जनताले आफ्नो सबै पैसा त्यहीँ लगानी गरे।”
पाठकले सहकारीको रकम कहाँ लगानी भएको छ र त्यो रकम अपचलन त् भएको छैन भन्ने विषयमा सरकारले समयमै अनुगमन नगरेको बताए ।
उनले सहकारी क्षेत्रमा देखिएको समस्याले मुलुकको आर्थिक प्रणालीमा गम्भीर असर परेको र तत्काल समाधान खोजिनुपर्ने आवश्यकता औंल्याए।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com