नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको अध्यादेश पारित हुन नदिन आफ्नै पार्टीले मुख्य भूमिका खेलेको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको उल्लेख गरे।
उनले नेकपा माओवादी केन्द्र सँग छलफल गर्दै अन्य दलहरूलाई समेत एकजुट गराएर अध्यादेश पारित हुन नदिन पहल गरेको बताए।
उनले अझै पनि संसद विघटनको प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्न दलहरूबीच सहकार्य आवश्यक रहेको बताए।
त्यस्तै, अध्यक्ष नेपालले एमाले अब ‘केपी बाको पार्टी मात्र बनेको आरोप लगाए। उनले एमालेले कम्युनिस्ट पार्टीको मूल चरित्र गुमाइसकेको र संगठनात्मक रूपमा पनि प्रभावहीन बनेको टिप्पणी गरे।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com