काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले सरकारले ल्याएको अध्यादेश यथास्थितिमा पारित हुने अवस्था नरहेको जिकिर गरेका छन् । सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा काँग्रेससँग छलफल गरेपनि संसदमा लैजाँदा पार्टीहरूबिचमा असन्तुष्टि आउँदा पारित नहुने अवस्था सिर्जना भएको उल्लेख गरे ।
उनले भने, ‘अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल त गर्नुभएको थियो, तर अहिले संसदमा लैजाने विषयमा सर्वसम्मत हुने अवस्था देखिएको छैन, यथास्थितिमा हुबहु पारित हुने अवस्था छैन । ’
उनले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भए पनि आवश्यकता महसुस फरक ढंगले भएको बताउँदै यदि हुबहु पारित नभए प्रतिस्थापन विधेयक मार्फत संसदीय प्रक्रियामा जाने र पारित हुने तर्क गरे ।
अर्को प्रसङ्गमा उनले पछिल्लो समय नेपाली कांग्रेस पार्टी चलायमान बन्दै गइरहेको बताए । उनले अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा भइरहेको जानकारी पनि गराए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com