रेडिंग ,लण्डन। बेलायतमा रहेको रेडिंग नेपाली समाज अर्थात Greater Reading Nepalese Community Association को तेह्रौ महाअधिवेशन सम्पन्न भएको छ ।
रेडिंग नेपाली समाज युके को महाधिवेशन रेडिंग को पाकिस्तानी कम्युनीटी हल पाल्मर पार्क लन्डन रोड मा सम्पन्न भएको थियो । । नेपाली राष्ट्रिय गानाबाट शुरू भएको कार्यक्रमको उद्घाटन संस्थापक प्रथम महिला बत्ति गुरुङ र अध्यक्ष भिमसेन खड्काले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नु भएको थियो ।
उपस्थित संपूर्ण महानुभाव हरुलाई समाजका उपाध्यक्ष सुरेश थापाले स्वागत गर्नुभयो भने प्रथम संस्थापक सदस्य तथा सल्लाहकार विश्व आदर्श पण्डित र सल्लाहकारहरु राम गलामी , मान गुरुङ्ग , महेन्द्र घले गुरुङ्, र एल बी सुब्बाले शुभ कामना मन्तब्य राख्नुभएको थियो । यसै गरी नब आगन्तुक आजीबन सदस्य बिना थापा र युवाको तर्फबाट सुर्य भण्डारीले आ आफ्नो मन्तब्य राख्नुभएको थियो । समारोहमा समाजका बिभिन्न कार्यक्रमहरुमा स्वयं सेवा गर्ने महानुभाबहरुलाई प्रसंसापत्र बितरण तथा नयां तथा आजीबन सदस्यता लिएका सदस्यहरुलाई सदस्यता कार्ड पनी बितरण गरिएको थियो । समारोहमा ज्येष्ठ नागरिकहरुको लागी सुनौलो लठ्टी समेत बितरण गरिएको थियो ।
ऊद्घाटन समारोहको दोस्रो सत्रमा महासचीब ओमकार अधीकारीले दुई बर्षको कार्य प्रगती बिबरण पेश गर्नुभयो भने कोषाध्यक्ष सरोज थापाले आर्थिक प्रतीबेदन पेश गर्नुभयो । सभाले दुबै प्रतिबेदन सर्बसम्मतले अनुमोदन गर्यो ! यसै गरी सभामा प्रस्तुत गरिएको आगामी कार्यसमीतीको कार्यकाल ३ बर्ष बनाऊने प्रस्ताब पनी अनुमोदन गर्यो ।
अधिबेशनको तेस्रो सत्रमा निर्बाचन समितीले नब निर्बाचीत कार्यसमीतिको घोषणा गर्यो जस्मा अध्यक्ष्य भिमसेन खड्का र ऊपाध्यक्षमा ओमकार अधिकारी , कल्पना पण्डित , बालकृष्ण दाहाल , प्रेम गुरुंग , लक्ष्मण श्रेष्ठ र यादब श्रेष्ठ हुनुहुन्छ ।
यसै गरी महासचिबमा डा भरत पौडेल , कोषाध्यक्षमा सरोज थापा , सह कोषाध्यक्षमा जगन्नाथ सापकोटा र सचिबमा सुवास चौलागांई हुनुहुन्छ । युवा तथा खेलकुद संयोजकमा मिन गुरुंग र सदस्यहरुमा चेत रेगामी , बिनस रिजाल , ईन्द्र कमल लिम्बु , हिम्मत सिटौला , सुरेन्द्र ऊप्रेती , सिता सापकोटा तिवारी , मनोहर थापा , अजीत सेडाई, मन प्रसाद लिम्बु , सुधंसु मल्ल , पुरुस्वत्तम आचार्य , महेश निरौला , महेन्द्र आले र सह सदस्यहरुमा गोबिन्द उप्रेती र शुरेश राना हुनुहुन्छ ।
निर्बाचित कार्यसमितीलाई निर्बाचन समिती संयोजक कृष्ण न्यौपानेले सफत ग्रहण गराऊनु भएको थियो भने आयुक्तहरु मान गुरुंग , राम गलामी र रामेश्वर थापाले बधाई तथा शुभकामना दिनुभयो । यसै गरी नयां कार्य समितीलाई पुर्ब अध्यक्ष टेक गुरुंग तथा सल्लाहकार सोब रेगामी र चन्द्र बुढाथोकीले पनी बधाई दिंदै आफ्ना भनाईहरु राख्नुभएको थियो ! अन्त्यमा नब निर्बाचित अध्यक्ष भिमसेन खड्काले सबैलाई धन्यबाद ज्ञापन गर्दै अबको तीन बर्षे कार्यकालमा नयां टिमको नयां ऊर्जा र सबैको सहयोग र साथले समाजको लागी अती आबस्यक आफ्नै एऊटा सामुदायीक भबन खरिद गर्न सकिने अठोट ब्यक्त गर्नु भयो । कार्यक्रमको संचालन ओमकार अधिकारीले गर्नुभएको थियो । ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com