धनगढी, कैलाली — स्ववियु निर्वाचन २०८१ मा देशकै सबैभन्दा कान्छा सभापति बन्ने गौरव ऐश्वर्या बहुमुखी क्याम्पस, धनगढीका दीपकराज भट्टले प्राप्त गरेका छन्। २०६२ सालको भाद्र महिनामा जन्मिएका भट्टले कम उमेरमै नेतृत्व क्षमता देखाउँदै स्ववियु सभापति पदमा विजयी हुँदै कीर्तिमान कायम गरेका हुन्।
उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्दै भट्टले व्यापक मतान्तरसहित जित हासिल गरेका छन्। विद्यार्थी हित, शिक्षाको गुणस्तर सुधार, पारदर्शी प्रशासन र क्याम्पसको समग्र विकासका मुद्दालाई प्राथमिकतामा राखेर उनले चुनावी अभियान सञ्चालन गरेका थिए।
क्याम्पसमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै आएका भट्टले अबका दिनहरूमा विद्यार्थीहरूको हकअधिकार सुनिश्चित गर्न र शैक्षिक तथा भौतिक पूर्वाधारमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
देशभरका विद्यार्थी राजनीति र नेतृत्वमा युवाहरूको सहभागिता दिनप्रतिदिन बढिरहेको सन्दर्भमा भट्टको जितले नयाँ पुस्तालाई थप हौसला दिने विश्वास गरिएको छ।
दीपकराज भट्टलाई उनको ऐतिहासिक सफलता र उज्ज्वल भविष्यको शुभकामना!
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com