१७ साउन, २०७९
अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति सदस्य बैठक २६ साउनमा बस्ने भएको छ । यसअघि दुई पटक बोलाइएको बैठक स्थगित भएको थियो । एन्फाले मंगलबार बैठक २६ साउनमा सातदोबाटोस्थित मुख्यालयमा बिहान १० बजे सुरु हुने जनकारी गराएको हो । यसअघि २ साउनमा बोलाइएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित भएको थियो ।पहिलोपटक स्थगित भएको तीन दिनपछि पाँच साउनमा बोलाइएको अर्को बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको थियो ।८ असारमा एजेन्डाबिना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको अर्को बैठक बस्न सकेको छैन ।गत ६ असारमा भएको चुनावी साधारणसभाबाट नेम्वाङको नेतृत्वमा एन्फा नयाँ कार्यसमिति चुनिएको थियो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com