जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले भनपा-१ चुनदेवीस्थित चुनदेवी खाद्य स्टोरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ता हित प्रतिकुल कार्य गरेको प्रमाणित भएपछि सहायक सिडिओ माधवप्रसाद शर्माको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले उक्त जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उक्त जरिवाना गरिएको सहायक सिडिओ शर्माले बताएका छन् । शुक्रवार चुनदेवी खाद्य स्टोर्सको अनुगमन गर्न पुगेको बजार अनुगमन टोलीले १ सय १९ क्वीन्टल चामल, ९ क्वीन्टल दाल,६ सय ३४ लिटर खानेतेल समेत नष्ट गरेको छ । म्याद गुज्रेका अखाद्य चामल, दाल र खानेतेल पाइएपछि नष्ट गरिएको सहायक सिडिओ शर्माले जनाएका हुन् । उनले जानकारी गराए अनुसार उक्त स्टोरबाट ९ लाख ४४ हजार रुपैयाँ भन्दा बढी मूल्यका अखाद्य बस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको छ । बजार अनुगमन टोलीले उक्त स्टोरका ६ वटा गोदाम समेत सील गरिदिएको छ । अखाद्य बस्तु नबेच्न चेतावनी दिदै भण्डार र प्याकेजिङमा गल्ती नदोहोर्याउन आवश्यक निर्देशन समेत दिइएको छ । अनुगमनमा भक्तपुर नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग संघ, पत्रकार महासंघ, राष्ट्रिय उपभोक्ता मञ्च लगायत सरोकार वालाहरुको सहभागिता रहेको थियो । उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्दै नाफामुखी मात्र ब्यापार गर्ने ब्यापारीलाई कार्वाही गर्न कुनै कसर बाकी नराख्ने भक्तपुर सिडिओ रुद्रादेवी शर्माले बताएकी छन् । लापरवाही, कालो बजारी, मूल्यवृद्धि विरुद्ध निरन्तर बजार अनुगमन र कार्वाही अघि बढाउदै उपभोक्ता हित प्रवर्द्धन गरिने सिडिओ शर्माले प्रष्ट पारेकी छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com