काठमाडौं– राष्ट्रिय सभाको आइतबार बस्ने बैठकमा नागरिकता विधेयक टेबुल हुने भएको छ।
राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाबाट पारित भएर आएको नागरिकता विधेयक टेबुल गर्ने उल्लेख छ। बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन्।
यसअघि संघीय संसदको दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उक्त विधेयक पठाइएको थियो। तर राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगरी सन्देशसहित पुन: प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन्।
उक्त विधेयक प्रतिनिधि सभाले कुनै पनि परिवर्तन नगरी पारित गरेर राष्ट्रिय सभामा पठाएको हो। राष्ट्रिय सभाले पारित गरेपछि पुन: प्रमाणीकरणका लागि पठाउने छ। संविधानले दोस्रो पटक फिर्ता गर्ने अधिकार राष्ट्रपतिलाई नदिएकाले यो विधेयक प्रमाणीकरण गर्नु पर्ने बाध्यता छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com