काठमाडौँ– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । मध्यान्ह १२ बजे सुरु हुने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाले पुन: जस्ताको त्यस्तै पास गरेर पठाएको थियो।
सो विधेयक राष्ट्रियसभाले भने थप छलफलका लागि विषयगत समितिमा पठाएको हो। सो समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल हुनेछ ।
अब विधायन व्यवस्थापन समितिले पारित गरेपछि मात्रै सो विधेयक राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछ । राष्ट्रिय सभाको बैठक भदौ १६ गते बिहीबार बोलाइएको छ । सोही बैठकबाट विधेयक पास गर्ने सरकारको तयारी छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com