काठमाडौं। आज हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घरघरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ । आज सोमबार हरितालिका तीजको अघिल्लो दिन । बेलुका घर घरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ ।
आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ ।
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाइ भोलि मङ्गलबारको तीजको व्रतका लागि पूर्व तयारी गर्छन् । महिलाहरुले तीजमा वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने गरेका छन् । गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गइ बस्दा पाएका दुःख, पिर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।
पछिल्ला वर्षहरुमा तीजका नाममा तडक भडक बढेको छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवम् समाजशास्त्रीहरुले जोड दिएका छन् ।
आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com