काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अपहेलनाको मुद्दा हालेका हुन् । नर्भिक इन्टरनेसनल हस्पिटललाई महानगरले नक्सा पास नगरी नियमविपरीत बनाइएका संरचना भत्काउन २४ घण्टे अल्टिमेटम दिएको थियो । त्यसपछि नर्भिकले सर्वोच्चमा रिट दायर गरेकोमा उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले महानगरको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसको प्रतिक्रियास्वरुप बालेनले संविधान संशोधन गरेर भए पनि नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिनुपर्ने टिप्पणी गरेका थिए । ‘नक्सा पास नगरी बनाएका संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ,’ बालेनले फेसबुकमा लेखेका थिए । बालेनको उक्त स्टाटसले अदालतको अवहेलना गरेको भन्दै जोशीले रिट दायर गरेका हुन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com