काठमाडौं/भारतीय सेनाका प्रमुख मनोज पाण्डे नेपाल आइपुगेका छन्। पाँच दिने नेपाल भ्रमणका सिलसिलामा आज उनी काठमाडौं आएका हुन्। नेपालमा रहँदा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी प्रदान गर्नेछिन्। सोमवार शीतल निवासमा पाण्डेलाई सो पदवी दिने कार्यक्रम तय भएको छ। भोलि नै उनी जंगी अड्डामा उनी रात्रीभोजमा सहभागी हुनेछन्। नेपाल भ्रमणका क्रममा मंगलवार उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्नेछन्। मंगलवार नै उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै सगरमाथा आधार शिविर र नाम्चेको भ्रमण गर्नेछन्।
बुधवार भने पाण्डेले मौसम अनुकूल भए मुक्तिनाथको भ्रमण गर्ने जनाइएको छ। सोहीदिन उनी पोखरा मध्य-कमाण्ड हेडक्वाटरको भ्रमण गर्नेछन्। साथै, हनुमानढोका क्षेत्र दरबारको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको छ।
पाण्डे बिहीवार स्वदेश फर्किनेछन्। भारत सरकारले अग्निपथ योजना अन्तर्गत नै गोर्खा भर्ती गर्ने बताइसकेको अवस्थामा पाण्डेको भ्रमणलाई महत्वका साथ हेरिएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com