काठमाडौं/व्यक्तिगत कामका लागि ठमेलस्थित छाँयासेन्टर पुगेका संस्कृत पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन नमिच्न आग्रह गर्दा एक सुरक्षागार्ड पक्राउ परेका छन् ।
भिसाका लागि बायोमेट्रिक विवरण दिन पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बसिदिन आग्रह गर्दा सुरक्षागार्ड शेरजंग गुरुङ पक्राउ परेका हुन्।
प्रहरी परीसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सुरक्षागार्ड गुरुङलाई नियन्त्रणमा लिइएको हो ।
मन्त्री सचिवालयका अनुसार मन्त्री श्रेष्ठ पहिलेनै खबर गरेर छाँयासेन्टर पुगेका थिए । मन्त्री हुनुहुन्छ भन्दाभन्दै गुरुङले जो भएपनि लाइनमा बस्नुपर्छ भनेपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि उनलाई पक्राउ गरिएको हो। गुरुङलाई अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com