काठमाडौं/ प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची दलहरूले आज निर्वाचन आयोगमा बुझाउने भएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले सोमबार आयोगमा बन्दसूची बुझाउने भएका छन्।
आयोगले आइतबार र सोमबारका लागि बन्दसूची बुझाउन समय दिएको छ।
आइतबार प्रतिनिधि सभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची बुझाएका थिए। बाँकी दलहरूले आज बन्दसूची बुझाउनेछन्।
नेकपा एमालेले आइतबार सचिवालय बैठक गरी प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना समानुपातिक उम्मेदवार छनौट गरी बन्दसूची तयार गरेको थियो।
माओवादीले महासचिव देव गुरूङको नेतृत्वमा कार्यदल गठन गरी समानुपातिक उम्मेदवार तयार गर्दैछ भने कांग्रेसले पनि समानुपातिक उम्मेदवार तयार गर्दैछ।
मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com