काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजे बस्ने भएको छ । समानुपातिक सूची तयार गर्न सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने लागेको हो ।
समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले बैठक दिउँसो २ बजेका लागि सारिएको छ । समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ ।
जसको सदस्यमा शक्तिबहादुर बस्नेत, मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेल छन् । कार्यदलले समानुपातिक सूचीका विषयमा पर्याप्त गृहकार्य गरेपछि पार्टी पदाधिकारी बैठकमा छलफल भई निर्णय हुने बताइएको छ ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन दिएको छ । आयोगमा आइतवार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com