काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो तीन बजे निर्वाचन आयोगमा बुझाउने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने बताए । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाइरहेको छ ।
प्रदेशगत रुपमा बालुवाटारभित्र सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको उनको भनाइ छ । कांग्रेस संसदीय समितिका सदस्य, आमन्त्रित रुपमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइराला, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलमा सहभागी गराइएको छ ।
उनीहरु आ–आफ्नो गृह प्रदेशका समानुपातिक उम्मेदवारको सूची बनाइरहेका छन् । मधेस प्रदेशबाट विमलेन्द्र निधि, फरमुल्लाह मन्सुर, आनन्द ढुंगाना लगायतका शीर्ष नेताको नाम समानुपातिक उम्मेदवारको सूचीमा राखिएको छ ।
अन्य प्रदेशमा शीर्ष नेताहरुले अहिलेसम्म समानुपातिकमा बस्ने इच्छा नदेखाएको पाइएको छ । तर उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउन जाने समयसम्म केही शीर्ष नेता पनि समानुपातिक उम्मेदवार हुने सम्भावना रहेको बुझिएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com