काठमाडौं । आम निर्वाचनको टिकट वितरणमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ ।
सम्मानजनक रुपमा टिकट वितरणका लागि कोइराला पक्षले सभापति देउवालाई दबाब दिने निर्णय पनि गरेको छ ।
शुक्रबार बसेको सो समूहको अनौपचारिक बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ संस्थाका नेताहरु लगायत सहभागी थिए ।
बैठकले देउवालाई दबाव दिनका लागि आज शनिबार दिउँसो १ बजेका लागि खबरदारी भेला गर्ने निर्णय गरेको छ ।
टिकटमा सम्मानजनक हिस्सेदारीको माग गर्दै देउवामाथि थप दबाब बढाउन भेला गर्न लागिएको नेताहरुले बताएका छन् । भेलामा टिकटका लागि प्रत्यक्ष तथा समानुपातिकमा सिफारिस परेका र आकांक्षीहरु पनि सहभागी हुने छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com