काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गते हुनगइरहेकाे निर्वाचनमा प्रतिगमन विराेधी शक्तिलाई मत दिन अपिल गरेका छन् ।
दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्हाेसार लगायत चाडपर्वहरूकाे अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले प्रतिगमन विराेधी शक्तिलाई मत दिइ संविधान, गणतन्त्र, संघीयताकाे रक्षा र सुदृढीकरणका लागि अपिल गरेका हुन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक भएकाे उल्लेख गर्दै उनले देशकाे भाषा, संस्कृति र सभ्यताहरूकाे संरक्षण गर्दै तिनकाे समृद्धिमा लाग्नु सबैकाे दायित्व भएकाे बताएका छन् ।
नेपालीहरूकाे माैलिक विशेषता भनेकै विविधतामा एकता रहेकाे उनकाे भनाइ छ । उनले सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गरेका छन् ।
अध्यक्ष प्रचण्डले असत्य माथिको सत्यको विजयका रूपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरूले सबैमा उत्साह, उमंग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भन्दै शुभकामना दिएका छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com