भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आइतबार चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
खेल फु थोस्थित भियत त्रि स्टेडियममा दिउँसो २ः४५ बजेबाट खेल सुरू हुनेछ ।
ताइपेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ । ताइपे पनि पहिलो जितको योजनामा रहेको छ ।
समूह ‘एफ’ मा रहेको नेपाल र ताइपे अंक विहीन छन् । दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, अन्तिम खेलमा जित निकाल्दै दुबै टोली सान्त्वना जितसहित घर फर्कन चाहन्छन् ।
नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो । खेलमा आयोजक भियतनामसँग ५–० ले पराजित भएको थियो । नेपाल समूहको पुछारमा रहेको छ ।
अर्काेतर्फ ताइपेइ भियतनामसँगको पहिलो खेलमा ४–० ले हारेको थियो भने दोश्रो खेलमा थाइल्याण्डसँग ३–१ ले पराजित भएको थियो ।
ताइपे तेस्रो स्थानमा रहेको छ । ताइपे पनि भियतनाम र थाइल्याण्डसँग पराजित भएको थियो । भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् ।यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com