बेलायत , ग्रेटर नेपाली रिडिङ समाज यूकेले नेपाली नयाँ बर्ष २०८१ यस बर्ष अप्रील १३ तारिक सनिबार रिडिङको पाकिस्थानी कम्युनिटी हलमा मनाउने भएको छ । बेलायतको रिडिङमा बस्ने विभिन्न जात,जाती,धर्म मान्ने समुदाय लाई प्रतिनिधित्व गर्दै मनाउने यस बर्ष नेपालका चर्चित गायिका प्रबिशा अधिकारिको प्रस्तुती हुने समेत कार्यक्रमका सयोजक सुरेस थापाले जनकारी दिनुभयो ।नेपालि समाज चार जात छतिस बर्णको फुलबारी भएको बताउदै ग्रेटर नेपाली रिडिङ समाज यूकेका अध्यक्ष भिमसेन खडकाले यो बर्षको कार्यक्रम अरु बर्ष भन्दा भिन्न र फरक तरिका बाट सम्पन गर्न लागिएको बताउनुभयो । नेपालमा रहेको बिभिन्न जात जाती समुदाय जस्तै बेलायतमा पनि लामो समय देखि भिन्न भिन्न जातजातिको प्रतिनिधित्व रहेको छ। यो नया बर्षमा नेपाली बिभिन्न समुदाय झल्किने राइ,लिम्बू,गुरुङ,ब्राम्हण लगाएको प्रस्तुती हुने छ।
स्थानिय जातीय समाजका अध्यक्षलाई कलाकार सहितको प्रस्तुतीको लागी अनुरोध साथै निमन्त्रणा , गुरुंङ ,मगर ,तामांङ र किंरात समाजको प्रस्तुती पक्का भएको तत् तत् समाजका अध्यक्षबाट जानकारी तथा निमन्त्रणा स्वीकार भैसकेको समाजका महासचिब ओमकार अधिकारीले बताउनुभयो ।
समाजको नयाँ बर्ष कार्यक्रम अप्रिल १३ तारिक सनिबार चार्चित गीत बाट नाम कमाएकी अधिकारी र विभिन्न रिडिङमा नै बसोबास गर्ने स्थायिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।
साथै कार्यक्रममा नेपाली बालबालिकाको सांगेतिक प्रस्तुति समेत हुने समाजका उपाध्यक्ष तथा कार्यक्रम सयोजक थापाले उज्यालो समाचारलाई बताउनुभयो। कार्यक्रममा आएर नयाँ बर्षको शुभकामना आदान प्रदान गर्न सबैलाई नेपालीसमाजले निमन्त्रणा गरेको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com