भक्तपुर / ओखलढुङ्गाको लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार बनेका मिलन कुमार विष्टविरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरबाट ठगी र किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका ओखलढुङ्गाका एक अधिकारीले बताए ।
विष्ट विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दोहोरो नागरिकता लिएको बारे जाहेरी पनि परेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालय र मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टको नाममा दोहोरो नागरिकता लिएको जाहेरीमा उल्लेख गरिएको छ । विष्ट विरुद्ध दोहोरो नागरिकता सम्बन्धी कसुरमा जाहेरी आएको र त्यसबारे अनुसन्धान भइरहेको ओखलढुङ्गाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com