काठमाडौं । संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पालैपालो काँध थापेर १८ महिनासम्म सत्ताको साँचो दिएका नेपाली कांग्रेस र नेकपा (एमाले) ले आफ्नै सरकार गठन गरेका छन् । बाँकी संसद्को कार्यकाल आधा-आधा सरकारको नेतृत्व गर्ने सहमति गरेका उनीहरूले पहिलो अवसर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् ।
प्रतिनिधि सभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् भवने सोमबार शपथ ग्रहण गर्नेछन् ।
यसअघि ओली २४ असोज २०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए । यस्तै, २०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री पुनः नियुक्ति गरेकी थिइन् ।
तर, सर्वोच्च अदालतले ओलीले गरेका प्रतिनिधिसभा पुनः स्थापना गर्दै कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । २९ असार २०७८ मा ओली सत्ताविमुख भएका थिए । सत्ताबाट बहिर्गमन भएको ठीक तीन वर्षपछि ओली पुनः सत्तामा फर्किएका हुन् ।
अहिले प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मत दुईतिहाइभन्दा बढी बहुमतले अस्वीकृत भएपछि कांग्रेसको समर्थनमा ओली चौथोपटक प्रधानमन्त्री बने ।
अब प्रचण्डको विपक्षमा देखिएको मत समेटेर अगाडि बढ्नुपर्ने दायित्व एमाले कांग्रेसमा छ । प्रतिनिधिसभा निर्वाचनको १८ महिनापछि आएको अवसरलाई यी दुई दलले कसरी सदुपयोग गर्लान्, हेर्न बाँकी छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com