भक्तपुर, असोज १७ – सु.न.पा. ३, भक्तपुरको ब्रहमनगर टोल सुधार समितिको आयोजनामा विशेष पूजापाठका साथ दशैंको विधिवत प्रारम्भ गरिएको छ। समितिकी अध्यक्ष मीना कार्कीको नेतृत्वमा, उपाध्यक्ष मोहन रेग्मी, सचिव नवराज भट्टराई, सदस्य रियान खड्का,सानो भाई बस्नेत लगायतका पदाधिकारीहरूको उपस्थितिमा आज बिहान शुभ साइतमा पूजा प्रारम्भ भएको हो।
समाजका सदस्यहरूले विशेष आस्थाका साथ देवी दुर्गाको पूजा गरे। यस अवसरमा समितिका पदाधिकारीहरूले दशैंका लागि शुभकामना व्यक्त गर्दै आ-आफ्ना विचार राखे।
अध्यक्ष मीना कार्कीले भनिन्, “दशैं हाम्रो संस्कृति र परम्पराको धरोहर हो। यस पर्वले समाजमा आपसी प्रेम, सद्भाव र एकता फैलाउने अवसर प्रदान गर्छ। यस अवसरमा सबैले एकअर्काप्रति सहयोग र माया प्रकट गर्दै प्रगतिको कामना गर्नुपर्छ।”
उपाध्यक्ष मोहन रेग्मीले शुभकामना व्यक्त गर्दै भने, “दशैंले हाम्रो सामाजिक र सांस्कृतिक जरोहरूलाई अझ गाढा बनाउँछ। यसले हामीलाई एकता र सहकार्यको भावना फैलाउन प्रेरित गर्छ। सबैलाई यो पर्व शान्ति र समृद्धिको शुभकामना छ।”
सदस्य रियान खड्काले पनि शुभकामना व्यक्त गर्दै भने, “नेपालिहरुको महान चाड विजय दशमी, २०८१ को उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनी, आफन्तजन तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र उन्नतिशील प्रगतिका हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। दशैंले समाजमा शान्ति र समृद्धि ल्याउने प्रेरणा दिन्छ। सबैले सकारात्मक सोच र सहयोगको भावना अपनाई एकअर्काप्रति जिम्मेवारीका साथ अघि बढ्नुपर्छ। दशैंले हामीलाई नजिक ल्याउँछ, र एकतासँगैप्रेमको भावना बलियो बनाउँछ।”
पूजापाठपछि प्रसाद वितरण र भजन कीर्तन आयोजना गरिएको थियो, जसमा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रह्यो।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com