नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले साना दलहरूले ठूला दलहरूलाई नियन्त्रण गर्ने अस्थिर र भद्दा राजनीतिको अन्त्य गर्न कांग्रेस र एमालेको गठबन्धन बनेको बताएका छन्।
शनिबार नेकपा एमाले विराटनगर महानगरपालिका संगठन कमिटीको जरा केन्द्रित अभियानको उद्घाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।
महासचिव पोखरेलले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा स्थायित्व खोज्ने आधारमा गठबन्धन भएको स्पष्ट पारे। उनले गठबन्धन तत्कालीन उद्देश्य प्राप्तिको लागि भएकाले गठबन्धनले पार्टीको दीर्घकालीन लक्ष्यमा फरक नपार्ने दाबी गरे।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जरा केन्द्रित अभियान मार्फत पार्टी प्रदेशको एक हजार भन्दा बढी वडा र १० हजार बढी टोलहरूमा पुग्ने जानकारी दिए।
एमाले विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले कोशी प्रदेशको एक मात्र महानगरपालिकाको कमिटीले गर्ने कार्यक्रम र अभियानहरू प्रदेशका अन्य पालिकाका लागि उदाहरण बन्नुपर्ने बताए।
यस अघि विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले सरकारले जारी गरेको अध्यादेश सहमतिका आधारमा दुवै सदनबाट पारित हुने दाबी गरेका थिए। उनले देशको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याइएकाले दलहरूबिचको सहमतिबाटै अध्यादेश पारित हुने स्पष्ट पारे।प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले पार्टीले सङ्गठनमा सुधार ल्याउन देशव्यापी रुपमा जरा केन्द्रित अभियान संचालन गरेको बताए।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com