भक्तपुर । नवोदित कवि तथा गीतकार कञ्चन मगर जिआरको सिर्जनामा आधारित नयाँ गीत ‘म तिमी तिरै हेर्छु’ सार्वजनिक भएको छ। हृदयस्पर्शी शब्दहरूमा सजिएको यस गीतमा गायक गगन श्रेष्ठले स्वर दिएका छन् भने संगीत प्रवीण बराइलीले भरेका छन्।
निकेश खड्काको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा प्रचण्ड बाबु राई र स्मारिका ढकालले अभिनय गरेका छन्। गीतको एरेन्जमेन्ट संजीव बराइलीले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्राले गरेका छन्। संगीत संयोजनमा संजीव बराइलीकै गिटार, रत्न बीकेको बाँसुरी, र हेमन्त कान्छा रसाइलीको सारंगीले थप माधुर्यता दिएको छ।
कञ्चन मगर जिआरका यस अघि पनि केही रचनाहरू सार्वजनिक भइसकेका छन् । शृंगारिक भावनाले भरिएको यो गीतले श्रोताहरूको मन जित्ने अपेक्षा गरिएको छ।
गीतको उत्कृष्ट प्रस्तुतीकरण र गहिरा भावनाले यसलाई संगीतप्रेमीहरूका लागि अवश्य सुन्नै पर्ने गीत बनाएको छ।
भिडियो हेर्नुहोस :
https://youtu.be/_Mtli8yYB_0
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी