भक्तपुर/स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४० हजार ४३४ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ३७ हजार १७४ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार २६० मतान्तरसहित अग्रता हासिल गरेका हुन्।
उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ४२ हजार ३१६ मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४० हजार ७०४ मतसहित उनलाई पछ्याइरहेकी छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com