भक्तपुर /मुस्ताङको थसाङमा दुर्घटना भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मिथिला नगरपालिका–११, लोटा गाउँका एकै परिवारका सात जना उक्त विमानमा सवार थिए । दुर्घटनामा उनीहरु सबैको मृत्यु भएको हो ।
पोखरा विमानस्थलबाट जोमसोमका लागि जहाज चढ्नुअघि राजन गोलेले बुबा–आमा, काका–काकी र मामा–माइजुको सामूहिक फोटो खिचेर मोबाइलका माध्यमबाट घरमा पठाएका थिए । परिवारका सबै सदस्यहरूको बीचमा उभिएका राजन भने फोटोमा निकै खुसी देखिएका थिए । वृद्ध बुबाआमाका साथै परिवारका अन्य ज्येष्ठ सदस्यलाई मुक्तिनाथको दर्शन गराउन लैजाँदै गरेको खुसी राजनमा देखिन्थ्यो । विमान चढ्नुअघि उनले घरमा दिदीहरू शान्ति र कान्तिलाई फोन गरेर अब विमान जोमसोमका लागि उड्यो भनेर जानकारीसमेत गराएका थिए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com