भक्तपुर। सरकारले आर्थिक वर्ष २०७९/८० का लागि भक्तपुर जिल्लालाई कूल २ अर्ब ४३ करोड २९ लाखको बजेट विनियोजन गरेको छ । सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ ।
सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ६६ करोड ७२ लाख पाउने भएको हो । भक्तपुरको जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख, ससर्त अनुदानतर्फ ४२ करोड २३ लाख, विशेष अनुदान दुई करोड र समपूरकतर्फ चार करोड गरी ६६ करोड ७२ लाख बजेट पाएको हो । जसमा चालूतर्फ ४९ करोड ७९ लाख र पूँजीगत १६ करोड ९३ लाख पाएको हो ।
जिल्लाको पुरानो नगरकारुपमा रहेको भक्तपुर नगरले समानीकरणतर्फ २३ करोड ६९ लाख, सशर्ततर्फ ३६ करोड ५० लाख, विशेष अनुदान ३ करोड र समपूरकतर्फ ५० लाख बजेट प्राप्त गरेको छ । यस नगरपालिकाले चालूतर्फ ५९ करोड ३४ लाख र पूँजीगततर्फ ४ करोड ३५ लाख बजेट पाएको हो ।
त्यस्तै सूर्यविनायक नगरले समानीकरणतर्फ २२ करोड ७७ लाख र ससर्ततर्फ ४० करोड आठ लाख पाएको छ । जसमा चालूतर्फ ४८ करोड ७५ लाख र पूँजीगततर्फ १४ करोड १० लाख अन्तरसरकारी बजेट पाएको हो । यस नपाले कूल ६२ करोड ८५ लाख बजेट पाएको छ ।
त्यस्तै मध्यपुरथिमि नगरले भने यस पटक जिल्लामा चार नपामध्ये सबैभन्दा कम सङ्घीय सरकारको बजेट पाउने छ । यस नगरले अन्तरसरकारी हस्तान्तरणमार्फत ५० करोड तीन लाख मात्रै बजेट पाएको हो । मध्यपुरथिमि नपाले समानीकरणतर्फ २४ करोड १९ लाख, ससर्ततर्फ २५ करोड १४ लाख र समपूरकमा रु ७० लाख बजेट पाएको छ । जसमा चालूतर्फ ४६ करोड १९ लाख र पूँजीगततर्फ ३ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
सङ्घीय सरकारले भक्तपुर र चाँगुनारायण नगरलाई विशेष अनुदान दिए पनि सूर्यविनायक र मध्यपुरथिमि नगरले भने विशेष अनुदान पाउन सकेनन् । भक्तपुर नपाले ३ करोड र चाँगुनारायण नपाले दुई करोड विशेष अनुदान पाएका छन् ।
सूर्यविनायक नगरले यस वर्ष समपूरक बजेटसमेत पाएन । जिल्लाका भक्तपुर, मध्यपुरथिमि र चाँगुनारायण नपाले समपूरक बजेट पाएका छन् । जसमा चाँगुनारायण नपाले सबैभन्दा बढी रु चार करोड समपूरक बजेट पाएको छ भने मध्यपुरथिमि नगरपालिकाले ७० लाख र भक्तपुरले ५० लाख रुपैयाँ समपूरक बजेट पाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com