भक्तपुर/ भक्तपुरको सुर्यविनायक नगरपालिकाको ११औँ नगर सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । नगर प्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रममा १२४ वटा बुँदा पढेर प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीतमा पर्यटन व्यावसाय गर्ने नगरबासीलाई विशेष छुटमा ऋण प्रदान गर्ने, नगरपालिका रसहकारी संस्थाबीचको सहकार्यमा स्थानीय उत्पादनको प्रवर्द्धन गरि रोजगारी र आय आर्जनमा जोड्ने रणनीति अबलम्वन गरिने, सडक मानवमुक्त बनाउने, जेष्ठ नमगरिकमा भएका ज्ञान र शिपलाई पुस्तान्त्रण गरिनेलगायतका नगर बिकासका लागि विभिन्न नीतिहरू प्रस्तुत गरिएको थियो । १२४ वटा बुँदा समेटिएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । कृषि, शिक्षा, पर्यटन र पूर्वाधार सूर्यविनायक समृद्धिको मूल आधार भन्ने मूल मर्मलाई आत्मसाथ गरि कृषि, उद्योग, पर्यटन, संस्कृति, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको माध्यमबाट नगरपालिकालाई नेपालकै उत्कृष्ठ, ब्यवस्थित र सुन्दर नगर बनाई हाम्रो रहर, समृद्ध नगरको सपनालाई साकार पार्ने रणनीतिक आधार र पक्षलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको मेयर मेयर थापाले बताउनुभयो ।
नीति तथा कार्यक्रममा कृषि उद्यमशीलता विकास, पर्यटन प्रबद्र्धन, स्थानीयस्तरमा रोजगारी सिर्जना, विकास निर्माण र सामाजिक उत्थानका कार्यक्रमलाई प्राथमिकता दिने, स्वास्थ्य, शिक्षा तथा अन्य सामाजीक क्षेत्रमा कार्यक्रम सञ्चालन र गुणस्तरीय सेवा प्रवाह गरी स्वास्थ्य, शिक्षीत, न्यायपूर्ण र गतिशिल समाज निर्माण गर्ने, सूर्यविनायक नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्न नगरक्षेत्रभित्र योजनाबद्ध ढंगबाट शैक्षिक क्रियाकलप अगाडि बढाउनको लागि नगर शिक्षा योजना लागू गर्ने घोषणा गरिएको छ ।
त्यस्तै, एक वडा एक खेलमैदान, एक टोल एक ब्यायमशाला तथा योग साधना केन्द्र निर्माणको थालनी गर्ने घोषणा पनि मेयर थापाले गर्नु भएको छ । युवाहरुलाई विभिन्न खेलकुदमा आर्कषण गर्न नगरक्षेत्रभित्र बसोबास गर्ने राष्टिय तथा अन्तराष्टियस्तरका विशेष योगदान पुर्याउने खेलाडी तथा खेलकुदमा आर्कषण गर्न खेल क्षेत्रका ब्यक्तिलाई सम्मान र पुरस्कृत गर्ने संस्कृतिलाई निरन्तरता दिने मेयर थापाले बताउनु भयो ।
नगर क्षेत्रभित्र सञ्चालनमा रहेको यातायात सेवालाई ब्यवस्थित र नियमित गराई प्रत्येक वडामा सार्वजनीक यातायातको पहुँच सुनीश्चित गर्न निजी तथा सहकारी क्षेत्रसंग सहकार्य गरिने मेयर थापाले नीति तथा कार्यक्रममा उल्लेख गर्नु भएको छ ।
यसै बीच नीति तथा कार्यक्रममा संघीय सांसद महेश बस्नेतले सुर्यविनायक नगरपालिकालाई बिकास गर्न पर्यटकीय क्षेत्रलाई अधिकतम प्रयोग गरी आम्दानी बढाउनु पर्ने बताउनुभयो । जगातीस्थित एक होटलमा सुर्यविनायक नगरपालिकाको एघारौ अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताउनुभएको हो ।
यस्तै सुर्यविनायक नगरपालिकालाई उपमहानगरपालिका र महानगरपालिका बनाउन आवश्यक पुर्वाधारको विकासमा जोड दिनुपर्ने सांसद बस्नेतको भनाइ छ । शिक्षा र स्वास्थ्यलाई प्रवद्धन गर्नमा पनि सुर्यविनायक नगरपालिका अघि बढ्नुपर्ने उनले बताए । सामुदायिक विघालयलाई व्यवस्थित बनाइ सामुदायिक कलेज स्थापना गर्नुमा पनि नगरपालिकाले कदम चाल्नुपर्ने बस्नेतको भनाइ छ ।
कृषि क्षेत्रलाई थप व्यवस्थित र आधुनिक बनाइ गाउँघरमै रोजगारको सिर्जना गरेर सुर्यविनायक नगरपालिकालाई नमुना नगरपालिका बनाउन सबै जनप्रतिनिधिलाई उनले आग्रह समेत गरेका छन् । साथै खेलमैदान निर्माण जस्ता भौतिक पुर्वाधार विकासमा पनि जोड दिनुपर्ने सासंद बस्नेतको भनाइ छ । कार्यक्रमामा बागमती प्रदेशकी राज्य मन्त्री रजनी जोन्छे, प्रदेश सांसद सशीजंग थापा, जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष ईश्वर थापाले नगर परिषद् सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमामा नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेल,वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र संचारकर्मीहरुको सहभागिता थियो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com