काठमाण्डौ/नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (सोमबार) सुनुवाई हुने भएकाे छ ।
यसअघि असार ५ गते सुनुवाई भएको मुद्दालाई हेर्दाहेर्दैमा राखेर सोमबारका लागि सुनुवाई तोकिएको थियो । कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलसामा सुनुवाई भइरहेको मुद्दामा रिट निवेदक विश्वराज पोखरेलका तर्फबाट १३ जना कानून व्यवसायीले बहस गरिसकेका छन् । उनीहरूले सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानूनी रहेको दावी गरेका छन् ।
सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको थियो। सोमबार प्रतिवादीका तर्फबाट बहस हुने भएकाे छ । आफू भन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले २०७९ वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com