काठमाडौं /आत्महत्या गरेकी भनिएकी गायिका दिलमाया विश्वकर्माको हत्या भएको पुष्टि भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दिलमायाको हत्या श्रीमानको रुपमा सँगै बस्ने गरेका सिन्धुपाल्चोकका ३८ वर्षीय खिलबहादुर श्रेष्ठले गरेका हुन्। उनले राति २ बजे मृतकको कोठामा गई बिहान ४ बजे हत्या गरी भागेको बयान दिएका काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए। उनका अनुसार महाराजगञ्जस्थित कतारभिषा सेन्टर नजिक सडक किनारमा पोको पारी फालेको अवस्थामा मृतककाे सलसमेत फेला पारी बरामद गरिएकाे छ।
गत शनिबार तारकेश्वर ११ नेपालटारस्थित कोठामा बसेकी सुर्खेत गुर्भाकोटकी दिलमाया मृत अवस्थामा फेला परेकी थिइन्। तत्कालै प्रहरी बृत्त बालाजुबाट अनुसन्धान अधिकृत र प्रहरी नायव उपरीक्षकको टोली साथै काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा गई अनुसन्धानलाई तीब्र बनाएको थियो।
खोजतलासकै क्रममा आइतबार दिउँसो करिब २ बजेको समयमा खिल बहादुर श्रेष्ठलाई तारकेश्वर नगरपालिका ११ नेपालटारबाट नियन्त्रणमा लिइएको हो। मृतकका बुबाले खिल बहादुर माथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिएका छन्। अनुसन्धानका क्रममा मृतकको घाँटीमा डाम जस्तो देखिए पश्चात प्रहरी अधिकृतहरूद्वारा घटनालाई शंकास्पद रुपमा लिई सूक्ष्म तवरले थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
थप अनुसन्धानको क्रममा विगत ७/८ महिना पहिलादेखि सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी न.पा. वडा नं. १ घर भई हाल काठमाडौं गोठाटार बस्ने सूर्य भन्ने खिल बहादुर श्रेष्ठ मृतकको कोठामा गई मृतकको श्रीमान् भनी सँगै बस्ने गरेको खुल्न आएको थियो।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com