भक्तपुर— जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादव पक्षबीचको विवादले पार्टी विवादको तहमा पुगेपछि फुट्न नदिन केही नेताहरुले प्रयास थालेका छन् ।
उनीहरुले विभाजन रोक्नका लागि ठोस प्रस्तावसहित दुवै नेताहरुलाई भेट्ने तयारी गरेका छन् । कार्यकारिणी सदस्यसमेत रहेका सांसद राजकिशोर यादवले विभाजन हुन नहुने पक्षमा रहेका नेताहरुले ठोस प्रस्तावसहित दुवै नेतालाई भेट्ने तयारी भएको बताएका छन् ।
भट्टराई र यादवबीच बुधबार भएको कुराकानीमा मिलेर जान नसक्ने अवस्थामा छुट्टिने खालको कुराकानी भएको थियो । यादव पक्षले अब भट्टराई पार्टीबाट अलग हुने कुरा गरिरहेको छ । तर भट्टराई पक्षले भने यादव पक्षले अतिरञ्जित गरेको दाबी गरिरहेको छ । अध्यक्ष भट्टराईले आफूले पार्टीभित्रका बहसमा मुद्दा भन्दै आफ्ना असन्तुष्टीहरु बिहीबार राती सार्वजनिक गरेका छन् । पार्टी भित्रको बहसलाई व्यक्तित्वको टक्करको रूपमा प्रस्तुत गरिएको उनले उल्लेख गरेका छन् ।
‘पार्टीभित्रको बहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक हैन! जसपाभित्रको वहसका मुद्दा यी हुन्: क्षेत्रीय कि राष्ट्रिय पार्टी ? सनातनी सत्तामुखी राजनीति कि रूपान्तरणकारी राजनीति?एकल नेतृत्व कि समावेसी सामूहिक नेतृत्व? विधिसंगत कि स्वेच्छाचारी कार्यशैली? बहस नै फुट हैन !’ भट्टराईले बिहीबार ट्विट गर्दै भनेका छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com