भक्तपुर/नेकपा (एकीकृत समाजवादी)को बागमती प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । बैठकमा बागमती प्रदेश सभाका सांसदसहित पार्टी अध्यक्ष माधव नेपाल र केही पदाधिकारी पनि सहभागी छन् । बागमती प्रदेशमा पूर्वसहमति अनुसार नेपाली कांग्रेसले सरकारको नेतृत्व दाबी गरेपछि एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको हो ।
एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने बेलामा ६ महिनापछि मुख्यमन्त्री कांग्रेसलाई दिने गोप्य सहमति भएको पत्र केही दिन अघि बाहिरिएको थियो । सोही सहमतिअनुसार कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरिरहेको छ ।
एकीकृत समाजवादीको अहिले बसिरहेको बैठकले सरकारको नेतृत्व के गर्ने भन्नेबारे निक्र्यौल गर्ने बताइएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com