काठमाडौं – बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आउँदो मंगलबारबाट छानबिन सुरु हुने भएको छ । बजेट निर्माणका विषयमा शर्मामाथि विभिन्न आरोप लागेपछि प्रतिनिधिसभाले गत बुधबार छानबिन गर्न ११ सदस्यीय विशेष समिति गठन गरेको थियो । सोही समितिले मंगलबारबाट शर्मामाथि छानबिन सुरु गर्नेछ ।
सभामुख अग्निप्रसाद सापकोटाले आज संसद भवन सहजीकरण बैठक डोकेका थिए । बैठकले आउँदो मंगलबार विशेष समितिको पहिलो बैठक बस्ने र सोही दिन कार्यविधि बनाएर आफ्नो कार्य थाल्ने निर्णय गरेको छ ।
बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई तोकेको छ । विशेष समितिलाई छानबिन कार्यका लागि १० दिनको समयावधि दिइएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com