सुबाश चौलागाई
धर्मिक ग्रन्थमा किन भनियो कलियुगको मध्य ?
सुबाश चौलागाई
कलियुगको मध्य नै भईसकेको हो ? भागवतपुराणले घोषित गरेको १५ भविष्यवाणी वर्तमानसमयमा मिल्दै जानुले मध्य भएको आभाष हुन्छ । १) धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिकबल तथा सम्झनेशक्ति दिनानुदिन घट्दै जानेछ । २) धनमात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असलगुणको आधार मानिनेछ । कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ । ३) पुरुष र महिला केबल सतहीआकर्षणले गर्दामात्र मिलेर बस्नेछन् । व्यापार र सफलता केबल छलमा निर्भर हुनेछ । पुरुषत्त्व केवल शारीरिकसम्पर्कको अनुभव र क्षमताको आधारमा मापन गरिनेछ । र, मानिस एउटा डोरो बाँधेको आधारमा ब्राह्मण कहलिनेछ