काठमाडौं महानगरको वार्षिक नीति तथा कार्यक्रम पारित

 सुबाश चौलागाई

भक्तपुर / काठमाडौँ महानगरको आर्थिक बर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत स्वीकृत भएको छ । प्रमुख बालेन्द्र शाह (बालेन) ले अधिवेशनको पहिलो बैठकमा पेश गरेको नीति आज बसेको सभाले सर्वसम्मत स्वीकृत गरेको हो । प्रमुख शाहको अध्यक्षतामा सभा सञ्चालन भएको थियो । उनले पहिलो बैठकमा ४१ बुँदामा आ. व. २०७८÷०७९ को वार्षिक समीक्षा गर्दै १६३ बुँदामा क्षेत्रगत नीति कार्यक्रम पेश गरेका थिए । सभामा पेश भएका नीति तथा कार्यक्रमका बारेमा वडा ३२ का अध्यक्ष नबराज पराजुली, वडा २३ का अध्यक्ष मचाराजा महर्जंन, कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनसहित

मुख्य समाचार, समाचार, समाज, स्थानीय  संग सबंधीत छ |

पहिरोको जोखिम कसरी न्यूनीकरण गर्ने ?

 सुबाश चौलागाई

काठमाडौं / मनसुनजन्य प्रकोपहरुबाट सिर्जित विपदका घटनाका कारण नेपालमा वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८-२०३० ले समग्र व्यवस्थापनलाई समेटेको छ । मनसुन जस्ता विशिष्ट प्रकृतिका प्रकोपका घटनाहरुसँग जुध्न छुट्टै कार्ययोजना निर्माण गरी कार्यान्वयनमा लैजाने गरिएको छ। जिल्ला जिल्लामा हुने मनसुनी क्षतिलाई रोकथाम गर्ने, न्यूनीकरण गर्ने तथा योजनावद्ध ढंगले प्रतिकार्यको प्रयास गर्न थालिएको १९ बर्ष भएकाे छ । २०६० सालमा गृह मन्त्रालयबाट जारी मनसुनी बाढी पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण निर्देशन (२६ बुँदे) बाट शुरु भएको योजना सहित कार्य गर्ने

ब्लग, समाज  संग सबंधीत छ |

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

 सुबाश चौलागाई

भक्तपुर: नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ। पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिए। विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो। उनका दुई पुत्र रहेको गोसाईले जानकारी दिए। लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिए। उनको अन्तिम संस्कार भने विदेशका रहेका पुत्र नेपाल आइपुगेपछि गरिने बुझिएको

मुख्य समाचार  संग सबंधीत छ |

माओवादी केन्द्रको पूर्वस्थायी समितिको बैठक खुमलटारमा बस्दै

 सुबाश चौलागाई

भक्तपुर / नेकपा (माओवादी केन्द्र)को पूर्वस्थायी समिति सदस्यहरूको बैठक आज बस्दै छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुने भएको छ । पूर्वस्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो । तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको पूर्वस्थायी समिति सदस्य गणेश साहले बताए । स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो । निर्वाचनमा तालमेल महानगर

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

भक्तपुरलाई २ अर्ब ४३ करोड २९ लाख बजेट

 सुबाश चौलागाई

भक्तपुर। सरकारले आर्थिक वर्ष २०७९/८० का लागि भक्तपुर जिल्लालाई कूल २ अर्ब ४३ करोड २९ लाखको बजेट विनियोजन गरेको छ । सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ । सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ६६ करोड ७२ लाख पाउने भएको हो । भक्तपुरको जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख, ससर्त अनुदानतर्फ ४२ करोड २३ लाख, विशेष अनुदान दुई करोड र समपूरकतर्फ चार करोड गरी ६६ करोड ७२ लाख

मुख्य समाचार, राष्ट्रिय, स्थानीय  संग सबंधीत छ |

सार्वजनिक गाडीको भाडा घट्याे

 सुबाश चौलागाई

काठमाण्डाै – सार्वजनिक यातायातको भाडा घटेको छ । डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि गाडी भाडा पनि घटेको हो । यातायात व्यवस्था विभागले गाडी भाडा समायोजन गरेर भाडा सूची सार्वजनिक गरेको छ । नेपाल आयल निगमले गएरातिदेखि पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो । विभागका अनुसार यात्रुवाहक गाडीको भाडा २ प्रतिशतले घटेको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २ दशमलव ६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २ दशमलव ९ प्रतिशतले घटेको छ ।


चीनमा अध्ययनरत मेडिकल विद्यार्थीहरु अध्ययन निरन्तरताका लागि पुनः चीन जान पाउने

 सुबाश चौलागाई

काठमाडौँ। कोरोना महामारीका कारण अध्ययन पूरा गर्न नपाउँदै नेपाल आएका विद्यार्थीहरु अध्ययन निरन्तरताका लागि पुनःचीन जान पाउने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस तथा अन्य विधाका विद्यार्थीलाई चीन फर्किने व्यवस्था गरेको हो । त्यसका लागि मन्त्रालयले पहिलो चरणमा २ सय ८१ जनाको नाम सार्वजनिक गरेको छ । फर्किने सूचीमा परेका विद्यार्थीहरुले अविलम्ब निवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।


५ कराेड ठगीको आरोपमा नवनिर्वाचित चाँगुनारायणका वडाध्यक्ष श्रेष्ठ फरार

 सुबाश चौलागाई

भक्तपुर/ भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण श्रेष्ठ ठगीको आरोप लागेपछि फरार भएका छन् । भक्तपुरको सुडाल स्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन्। उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौंले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण–७ का ७२ वर्षीय केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षीय ईश्वर गाइजुलाई सरकारी जग्गा र व्यक्तिको निजी जग्गा अनुमति बिना बैना रकम लिई ठगी गरेको अभियोगमा शुक्रबार पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

गुजरातमा अनौठो घटना: जागिर छोड्न नसक्ने दबाबले चार औंला आफैं काटे

दक्षिण कोरियामा Jeju Air विमान दुर्घटना: २८ जनाको मृत्यु, उद्धार कार्य जारी

भ्रष्टाचारको यहि रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्ने : अभियान्ता पाठक

महावीर पुनको संघर्ष र नेपालका भविष्यका लागि एक प्रेरणा

बेलायतको रेडिङ्गमा ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्डबाट न्यौपाने सम्मानित l