व्यास नगरपालिका भवन निर्माणमा करोडौ खर्च, भएन पानीको निकास

 सुबाश चौलागाई

तनहुँ, देशकै उत्कृष्ट नमुना नगरपालिकाको भवनको रुपमा परिचित   तनहूँको व्यास नगरपालिकाको कार्यालय रहेको भवनमा  लगातारको  झरीले  अण्डरग्राउण्डको पार्किङमा भवनको चारैतिरबाट पानी रसाएर पोखरी बनेको छ  । उक्त भवन केहि बर्ष अगाडी करोडौ रुपैयाँको लागतमा निर्माण गरिएको हो। करोडौको लागतमा निर्माण गरिएको भवनमा पानीको निकास राखिएको छैन ।  Cr: @damaulibazar  


तारा एयर दुर्घटना स्थलबाट थप शव काठमाडौं ल्याउने तयारी, एउटा अझै भेटिएन

 सुबाश चौलागाई

भक्तपुर /मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरूको थप शव काठमाडौं ल्याउने तयारी गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट सोमबार १० वटा शव काठमाडौं ल्याइएको थियो। दुर्घटनास्थलमा रहेका चार शवलाई आज बिहानै मुस्ताङकै कोवाङमा झारिएको छ। कोवाङमा रहेका शवलाई आज काठमाडौं ल्याउने तयारी छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले दुर्घटनास्थलबाट थप चार वटा शव कोवाङ झारिएको सेतोपाटीलाई बताए। ‘आज चार वटा शव कोवाङ झारिएको छ। कोवाङमा रहेका सबै शवलाई काठमाडौं लैजाने तयारी छ,’ उनले भने। उनकाअनुसार एउटा शव खोजी

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

काठमाडौं महानगरपालिकाले फोहोरबारे अध्ययन गर्न कार्यदल गठन गर्ने

 सुबाश चौलागाई

भक्तपुर / काठमाडौं महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकमा मेयर बालेन्द्र साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्ने जस्ता काम ७ दिनभित्र सक्न २ वटा भौतिक पूर्वााधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राख्नु भएको थियो । जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको छ । नगरबासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको छ । सडकमा खाल्डाखुल्डी परेको, पानी जमेको जस्ता गुनासो सुन्ने काम पनि यही कल सेन्टरले गर्ने छ । यस्तै, फोहर व्यवस्थापनबारे अध्ययन गर्न मेयर

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

बजेट मत माग्ने हिसाबले ल्याएको एमालेको निष्कर्ष, भण्डाफोर गर्न अध्यक्ष ओलीको निर्देशन

 सुबाश चौलागाई

भक्तपुर/ नेकपा (एमाले)ले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ । संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँ महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो । सरकारले २५ वर्षमा पूरा नहुने योजना ल्याएको र यसले बजेटको जवाफदेहीतामा पनि प्रश्न उठ्ने ठहर गरेको छ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसंगत हिसाबले अध्ययनशील भएर प्रस्तुत हुन निर्देशन दिएका थिए । त्यस्तै

उज्यालो समाचार, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कार्यपालिका र जिससमा पनि तालमेल गर्न गठबन्धनको निर्देशन

 सुबाश चौलागाई

भक्तपुर/सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तहको कार्यपालिका र जिल्ला समन्वय समिति गठनमा पनि तालमेल गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनका समीक्षा गरेको छ। बैठकले ७७ वटै जिल्ला समन्वय समिति र स्थानीय तहका कार्यपालिका सदस्यको निर्वाचनमा पनि सहमति गरी अगाडि बढ्ने निर्णय गरेको छ। यसका लागि आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन दिने निर्णय गरेको छ। स्थानीय तहमा कार्यापालिका सदस्यका लागि निर्वाचन हुने गरेको छ। त्यस्तै, समन्वय समिति गठनका लागि पनि निर्वाचत हुन्छ। यसमा स्थानीय तहका सदस्य तथा पदाधिकारीले मतदान गर्छन्। बैठकपछि

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

तारा एयर दुर्घटनामा ज्यान गुमाएका १० जनाको शव त्रिवि शिक्षण अस्पताल

 सुबाश चौलागाई

भक्तपुर / तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ मध्ये १० जनाको शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएको छ । तारा एयरले विज्ञप्तिमार्फत २२ मध्ये २१ जनाको शव फेला परेको र तीमध्ये १० जनाको नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । टिचिङ अस्पतालमा ल्याइएको शवको फरेन्सिक मेडिसिन विभागमा पो ष्टमार्टमा गरेर आफन्तलाई शव बुझाइने बताइएको छ । बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । हाल उद्धार टोलीले एक जनाको शव खोजी गररहेको छ ।


विमान दुर्घटना : एकै परिवारका सात जनाको मृत्युपछि गाउँ नै शोकमा

 सुबाश चौलागाई

भक्तपुर /मुस्ताङको थसाङमा दुर्घटना भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मिथिला नगरपालिका–११, लोटा गाउँका एकै परिवारका सात जना उक्त विमानमा सवार थिए । दुर्घटनामा उनीहरु सबैको मृत्यु भएको हो । पोखरा विमानस्थलबाट जोमसोमका लागि जहाज चढ्नुअघि राजन गोलेले बुबा–आमा, काका–काकी र मामा–माइजुको सामूहिक फोटो खिचेर मोबाइलका माध्यमबाट घरमा पठाएका थिए । परिवारका सबै सदस्यहरूको बीचमा उभिएका राजन भने फोटोमा निकै खुसी देखिएका थिए । वृद्ध बुबाआमाका साथै परिवारका अन्य ज्येष्ठ सदस्यलाई मुक्तिनाथको दर्शन गराउन लैजाँदै गरेको खुसी राजनमा देखिन्थ्यो

मुख्य समाचार, राष्ट्रिय, समाज  संग सबंधीत छ |

दुर्घटनाग्रस्त अवस्थामा तारा एयरको विमान भेटियो

 सुबाश चौलागाई

भक्तपुर /आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । मुस्ताङका डिएसपी यार्सागुम्बा टिप्ने डिएसपी रामकुमार धानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको  जानकारी दिए ।


उज्यालो समाचार

तिब्बतमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प, दक्षिण एसियाका विभिन्न देशमा महसुस

गुजरातमा अनौठो घटना: जागिर छोड्न नसक्ने दबाबले चार औंला आफैं काटे

दक्षिण कोरियामा Jeju Air विमान दुर्घटना: २८ जनाको मृत्यु, उद्धार कार्य जारी

भ्रष्टाचारको यहि रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्ने : अभियान्ता पाठक

महावीर पुनको संघर्ष र नेपालका भविष्यका लागि एक प्रेरणा