एमालेबाट गाउँपालिकाका अध्यक्षका प्रत्याशी विरुद्ध पक्राउ पुर्जी जारी

 सुबाश चौलागाई

भक्तपुर / ओखलढुङ्गाको लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार बनेका मिलन कुमार विष्टविरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरबाट ठगी र किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका ओखलढुङ्गाका एक अधिकारीले बताए । विष्ट विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दोहोरो नागरिकता लिएको बारे जाहेरी पनि परेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालय र मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टको नाममा दोहोरो नागरिकता लिएको जाहेरीमा उल्लेख गरिएको छ । विष्ट विरुद्ध दोहोरो नागरिकता सम्बन्धी कसुरमा जाहेरी आएको र त्यसबारे अनुसन्धान भइरहेको

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भक्तपुरको सुर्यबिनायक नगरमा गठबन्धनको घरदैलो अभियान जारी

 सुबाश चौलागाई

भक्तपुर / भक्तपुरको सुर्यबिनायक नगरपालिकाकामा गठबन्धनको उम्मेदवारहरुले घरदैलो कार्यक्रम जारी राखेका छन् । नेपालि काङ्ग्रेसको तर्फबाट सुर्यबिनायक नगर प्रमुखका उम्मेदवार निसान ढुङेल, उपप्रमुखका उम्मेदवार नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजबादिका उमेदवार श्याम सुन्दर बस्नेत लगायतको टोलिले घरदैलो जारी राखेको छ । १ नम्बर वडाको तामाङटोल देखि २,३,४ नम्बर वडाको सिम्गाल घाम्पेडाडा बसपार्क एरिया हुँदै गुन्डु वडा कार्यालय लगायतमा ठाउमा आज घरदैलो अभियान सम्पन्न भएको हो । घरदैलोको क्रममा सर्वसाधारणले अघिल्लो एमाले नेतृत्वले नगरपालिका विकास निर्माणको काम भन्दा आफ्न मान्छे लाई जागिर दिने ठेक्कापटा मिलाउने र आफन्त भर्तीको केन्द्र बनाएको गुनासो गरेका

मुख्य समाचार, समाज, स्थानीय  संग सबंधीत छ |

बाम लोकतान्त्रिक गठबन्धनद्वारा घरदैलो अभियानको सुरुवात

 सुबाश चौलागाई

भक्तपुर/   स्थानीय तहको चुनाब आउँन १२ दिन मात्रै बाँकी छ । दलहरु यति बेला स्थानिय निर्वाचन नजिकिदै गर्दा आ–आफ्नो उम्मेदवार लिएर घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् । आफ्नो नगर र वडाको विकास र समृद्धिका लागि भन्दै भक्तपुरको सुर्यविनायक नगरपालिकामा बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो अभियानको सुरुवात आज बिहान बाट गरेको छ । नेपाली काग्रेसका तर्फबाट निसान ढुंगेल मेयरमा र नेकपा एकीकृत समाजबादीका तर्फबाट उपमेयर श्याम बस्नेतको उमेद्वारी रहेको नगरमा संयुक्त रुपमा वडाहरुमा समेत गठबन्धन रहेको छ । मेयर र उपमेयरका उम्मेदवार सहित उहाका टिम यति बेला जनताको समस्या र आफ्नो पार्टीका

मुख्य समाचार, समाचार, स्थानीय  संग सबंधीत छ |

प्रतिगमनकारीलाई परास्त गर्न स्थानीय तह चुनावलाई प्रयोग गरौं : समाजवादी अध्यक्ष नेपाल

 सुबाश चौलागाई

भक्तपुर – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म देशको विकास र रूपान्तरण सम्भव नभएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधानले व्यवस्था गरेको समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्नेमा जोड दिए । श्रमजीवी जनताको विकासशील सङ्घर्षमा सहभागी बन्ने, त्यसलाई सङ्गठित पार्ने तथा नेतृत्व दिने र विजयसम्म अघि बढाउने घोषणाका साथ विसं २००६ वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको सच्चा उत्तराधिकारीका रूपमा आफ्नो पार्टी जनताका बीचमा आएको उनको भनाइ

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भक्तपुरमा ७९ को उम्मेदवारी फिर्ता, तीन जना निर्विरोध

 सुबाश चौलागाई

भक्तपुर – भक्तपुरको चार स्थानीय तहमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिने ७९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। कांग्रेससहितको गठबन्धन, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रबाट उम्मेदवारी दिएका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुला सदस्य र महिला सदस्य गरी ७९ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए। उनका अनुसार चाँगुनारायण नगरपालिकामा प्रमुखका उम्मेदवार दुई, उपप्रमुख एक, वडाध्यक्ष आठ, वडासदस्य नौ र महिला सदस्य दुई गरी २२ जना, भक्तपुर नगरपालिकामा वडाध्यक्ष सात र वडा सदस्य आठ गरी १५ जना, मध्यपुरथिमि नगरपालिकामा नगरप्रमुख एक, उपप्रमुख दुई,

मुख्य समाचार  संग सबंधीत छ |

सुर्यविनायक नगरले खोजेको र रोजेका भावि उपमेयर श्याम सुन्दर

 सुबाश चौलागाई

बैशाख १६ , भक्तपुर स्थानिय तहको निर्वाचनको दिन नजिकिदै गर्दा दलहरु आफनो पक्षमा मतदाता लाइ सुसुचित गराउने दौडधुपमा लागेका छन । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि बैशाख १६ गते उमेद्वारको अन्तिम नामावली प्रकासित भएको छ ।सोहि भिडमा सुर्यबिनायकको एक अब्बल उपमेयरको रुपमा नेकपा एकीकृत समाजबादीको तर्फबाट श्याम सुन्दर बस्नेत नगरबिकास का लागि मैदानमा छन । समृद्ध सुर्यविनायकको सपना पुरा गर्न मेरो उम्मेदवारी : श्याम बस्नेत नेकपा एकीकृत समाजबादीको तर्फबाट सुर्यविनायक नगरपालिकाका उपमेयरका उम्मेदवार श्याम बस्नेतले जनमुखी स्थानीय सरकार बिकास र समृद्धको आधार को सपना पुरा गर्न

मुख्य समाचार, समाचार, स्थानीय  संग सबंधीत छ |

काँग्रेस उम्मेदवार विरुद्ध पत्रकार महासंघ भक्तपुरका अध्यक्षले दिएको बागी उम्मेदवारी फिर्ता

 सुबाश चौलागाई

  भक्तपुर, १६ बैशाख  नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले वडा अध्यक्षमा दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् ।​स-सम्मान सहितकाे एकताका साथ आगामी दिनहरुमा सदाझै अगाडि बढ्ने अठोट सहित उमेद्वारी फिर्ता लिएको कांग्रेसका एक नेताले बताए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको अध्यक्ष पदलाई समेत दाउमा राखी आफुले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको यस अघिनै बताएका थिए । प्रजापति २०७७ चैत २५ गते भएको पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए । काङ्ग्रेस सो वडामा बाबुकाजी डगोललाई आधिकारिक उम्मेदवार बनाएको छ ।


माओवादी अध्यक्ष प्रचण्डको फोनपछि नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंहको उम्मेदवारी फिर्ता

 सुबाश चौलागाई

बैशाख १६ , भक्तपुर सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिएका छन । तामाङ ०७४ को निर्वाचनमा सोही नगरका प्रमुखमा निर्वाचित भएका थिए। आसन्न स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदमा उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए। उम्मेदवारी फिर्ता लिनका लागि तामाङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेका थिए। प्रचण्डको फोनपछि आफू उम्मेदवारी फिर्ता लिगेको तामाङ बताए । पार्टीको अभिभावक नै प्रचण्ड भएकाले उनले भनेपछि आफू मान्न तयार भएको तामाङको भनाई छ। ‘प्रचण्ड भनेको पार्टीको अभिभावक हो,’ तमाङले भने,

मुख्य समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

तिब्बतमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प, दक्षिण एसियाका विभिन्न देशमा महसुस

गुजरातमा अनौठो घटना: जागिर छोड्न नसक्ने दबाबले चार औंला आफैं काटे

दक्षिण कोरियामा Jeju Air विमान दुर्घटना: २८ जनाको मृत्यु, उद्धार कार्य जारी

भ्रष्टाचारको यहि रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्ने : अभियान्ता पाठक

महावीर पुनको संघर्ष र नेपालका भविष्यका लागि एक प्रेरणा