सुबाश चौलागाई
सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँड कार्यदलको बैठक बस्दै
सुबाश चौलागाई
काठमाडौं– सत्तारूढ गठबन्धनभित्र आउँदो निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको बैठक बस्दैछ। बैठक आज सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ। मंसिर ४ गतेलाई तय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन मसान्तभित्र सिट बाँडफाँडको खाकासहित सुझाव दिन गठित कार्यदलको पहिलो बैठक बस्न लागेको हो। बैठकमा गठबन्धनको आधार र मापदण्डको विषयमा छलफल हुनेछ। दलहरूले आवश्यक गृहकार्य नगरेकाले पहिलो बैठक औपचारिकतामा सीमित हुने कार्यदल सदस्यहरूले बताएका छन्। सिट संख्या दाबी गर्ने गरी दलहरूले ठोस छलफल गरिसकेका छैनन्।आधार र माददण्ड तयार भएपछि सिट बाँडफाँडबारे दलहरूको तर्फबाट दाबी पेस