शिक्षक नियुक्ति नगर्न निर्देशन

 रामहरि चौलागाईं

भक्तपुर/ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७५३ वटै स्थानीय तहलाई शिक्षक नियुक्त नगर्न निर्देशन दिएको छ। केन्द्रले हालै सूचना जारी गरी चालू आर्थिक वर्षको बजेटमा विद्यालय शिक्षा क्षेत्र योजनातर्फ ससर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण भई स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी कार्यक्रम स्वीकृत भइसकेको हुँदा शिक्षक नियुक्त नगर्न भनेको हो। केन्द्रले गत आर्थिक वर्ष २०७८/७९ को स्वीकृत बजेट र अनुदान कोटाभन्दा बढी शिक्षक नियुक्ति नगर्न नगराउन निर्देशन दिएको छ।


संसदीय चुनावका लागि ११६ दल योग्य

 रामहरि चौलागाईं

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । मंसिर ४ मा हुने निर्वाचनमा भाग लिन चाहने दलले आयोगमा पुनः दर्ता गर्नुपर्ने हुन्छ । दल दर्ताका लागि आयोगले साउन ३१ सम्मको समय तोकेको छ । आयोगमा बिहीबारसम्म १ सय १६ दल दर्ता भएका छन् । स्थानीय तह निर्वाचनपछि चारवटा दल थपिएका छन् । आयोगमा दर्ता भएका सबै दलले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फको निर्वाचनमा भाग लिन आयोगमा फेरि नाम दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा २७१ अनुसार निर्वाचनमा मान्यता प्राप्त गर्नका लागि दल

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

नुवाकाेट केन्द्रविन्दु बनाएर ५.३ रेक्टरस्केलकाे भूकम्प

 रामहरि चौलागाईं

काठमाडौं। नुवाकाेटमा भूकम्प गएको छ। बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ। क्त भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो। भूकम्पका कारण काठमाडौँ उपत्यकाभित्र मानिस घरबाहिर निस्केका थिए । यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो।


भक्तपुरका आठ मतदान स्थल परिवर्तन

 रामहरि चौलागाईं

भक्तपुर/भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ। मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो। कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए। मतदान स्थल परिवर्तन भएका मतदान स्थलमा भक्तपुर नगरपालिकाका तीन, मध्यपुरथिमि नगरपालिकाका तीन र चाँगुनारायण नगरपालिकाका दुई छन्। कार्यदलले भक्तपुर नगरपालिका-२ को जागृति माध्यमिक विद्यालय खौमाको मतदान स्थललाई जनज्योति पुस्तकालयको नयाँ भवन नःपुखुः,वडा नं ७ को महेश्वरी सत्तल इनाचो मतदान

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

चुनाव घोषणापछि गठबन्धनको बैठक बस्दै

 रामहरि चौलागाईं

भक्तपुर/ प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि सत्ता गठबन्धनको बैठक पहिलो पटक बस्दै छ । आज (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । बिहीबार सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको थियो । निर्वाचनको मिति घोषणा भइ सकेकाले गठबन्धनका नेताहरु सीट बाँडफाँडको मोडालिटीबारे छलफलमा जुटेका छन् । चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज नाग पञ्चमी पर्व मनाइँदै

 रामहरि चौलागाईं

काठमाडौं /प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलबार परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको छ ।वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो । आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

एमालेले आज सरकारविरुद्ध जनप्रदर्शन गर्ने

 रामहरि चौलागाईं

काठमाडौं : नेकपा एमालेले सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौं उपत्यकामा आज जनप्रदर्शन गर्ने भएको छ। गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज काठमाडौंको वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो। सरकारले महंगी नियन्त्रण गर्न कुनै कदम नचालेको एमालेको आरोप छ। दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ। यसका लागि पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो। जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

माओवादीको स्थायी कमिटी बैठक बस्दै

 रामहरि चौलागाईं

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । संसदीय समितिबाट छानबिनपछि क्लिन चिट पाएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे बैठकमा छलफल हुने बताइएको छ । बैठकले अर्थमन्त्री शर्मालाई नै बनाउने कि विकल्प खोज्ने भन्नेबारे निर्णय लिने एक नेताले जानकारी दिए । यद्यपि पार्टीले मन्त्रीहरुको हेरफेर गर्ने मूड नबनाएकाले उनी नै अर्थमन्त्री बन्ने सम्भावना बढी रहेको ती नेताको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय पदाधिकारी र पोलिटब्युरो चयनका विषयमा पनि छलफल हुनेछ ।


उज्यालो समाचार

गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा

१० वर्षपछि नेपाल विश्वकपमा छानियो

नेपाल समूह उपविजेता, ओमानसँग ५ रनले पराजित

नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

नेपाली कांग्रेस सु.न.पा.-३ब्रह्मानगर टोल कार्य समितिको आयोजनामा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न