एकीकृत समाजवादी अध्यक्ष नेपालद्वारा इदको शुभकामना

 सुबाश चौलागाई

भक्तपुर/ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको बताएका छन् ।मुस्लिम समुदायको इद–उल–अजाह (बकर–इद) पर्वका अवसरमा उनले एक विज्ञप्ति जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हुनुका साथै धार्मिक सहिष्णुताको चेतनाका दृष्टिले नेपाली समाज उदाहरणीय रहेको छ । भातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रूपमा मनाइने इद–उल–अजाहले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने पूर्वप्रधानमन्त्री नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले विज्ञप्तिमा इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

 सुबाश चौलागाई

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीको लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो १ बजे बस्ने गरी पार्टी पदाधिकारी बैठक बोलाउनुभएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने प्रयास हुनेछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावको समीक्षा हुनेछ । बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने तथा नयाँ संस्थालाई मान्यता दिने एजेण्डा पनि राखिएको छ । बैठकमा सभापति देउवासहित उपसभापति,

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पेरिसडाँडामा माओवादीको स्थायी समिति बैठक जारि

 सुबाश चौलागाई

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीवेर अघि स्थायी समिति बैठक सुरु भएको हो। पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा वसेको बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी संगठन विस्तार लगायत विषयमा छलफल हुने बताइएको छ। स्थानीय तहको निर्वाचनमा भएको अन्तरघात, पार्टीमा चुलिएको गुटको अन्त्य गर्नेबारे समेत छलफल हुने स्रोतले बताएको छ। पार्टी भित्रको चरम गुटवन्दीका कारण माओवादीले पदाधिकार चयन गर्न सकेको छैन। पोलिव्युरो र स्थायी समिति चयनमा पनि माओवादी भित्र तिव्र विवाद छ।


मंगलबारदेखि जनार्दन शर्मामाथि विशेष समितिले छानबिन प्रक्रिया अगाडि बढाउने

 सुबाश चौलागाई

काठमाडौं – बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आउँदो मंगलबारबाट छानबिन सुरु हुने भएको छ । बजेट निर्माणका विषयमा शर्मामाथि विभिन्न आरोप लागेपछि प्रतिनिधिसभाले गत बुधबार छानबिन गर्न ११ सदस्यीय विशेष समिति गठन गरेको थियो । सोही समितिले मंगलबारबाट शर्मामाथि छानबिन सुरु गर्नेछ । सभामुख अग्निप्रसाद सापकोटाले आज संसद भवन सहजीकरण बैठक डोकेका थिए । बैठकले आउँदो मंगलबार विशेष समितिको पहिलो बैठक बस्ने र सोही दिन कार्यविधि बनाएर आफ्नो कार्य थाल्ने निर्णय गरेको छ । बैठकले विशेष समितिको सचिवको

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नागरिकता विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय

 सुबाश चौलागाई

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । संसदीय समितिबाट पास भएर अन्तिम चरणमा पुगेको नागरिकता विधेयक शुक्रबार नै फिर्ता लिएर संसदमा दर्ता गर्ने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रील जानकारी दिए । अब नयाँ ल्याइने नागरिकतासम्बन्धि विधेयकमा गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकका अन्य अधिकार उपभोग गर्न पाउने गरी व्यवस्था गरिने बताइएको छ ।


प्रतिनिधि सभाको आजकोबैठकमा नागरिकता विधेयक फिर्ता लिने तयारी

 सुबाश चौलागाई

भक्तपुर/प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्दै छ। बैठक दिउँसाे २ बजे सुरु हुने गरी बाेलाइएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्। आजका सम्भावित कार्यक्रममा ‘नेपाल नागरिकता (पहिलो) संशोधन, २०७५’ फिर्ताका लागि प्रस्ताव पेस गरिने पनि उल्लेख गरिएको छ। प्रस्ताव गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गर्नेछन्। मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सरकारले प्रतिनिधि सभामा विचाराधीन विवादित नागरिकता विधेयक फिर्ता लिन लागेको हो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने नागरिकता विधेयक फिर्ताको निर्णयको विरोध गरेको छ। संघीय संसदका महासचिव डा. गौतमका अनुसार प्रतिनिधि सभाको आजको बैठकमा अन्य सम्भावित कार्यक्रममा राज्य व्यवस्था तथा

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

नगरसभामा बजेट पेस नगर्ने स्थानीय तहको विवरण संकलन शुरू

 सुबाश चौलागाई

भक्तपुर/संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असार १० गतेभित्र नगरसभामा बजेट पेस नगर्ने स्थानीय तहको विवरण संकलन गर्न शुरू गरेको छ । स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ दफा ७१ बमोजिम आगामी आर्थिक वर्ष २०७९-८० को अनुमानित बजेट असार १० गतेभित्रमाकार्यपालिकाबाट स्वीकृति गराई नगरसभामा पेस गर्नुपर्ने प्रावधान रहेको छ । त्यसै गरी अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (३) अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०७६-७७ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा÷नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी कात्तिक महिनाको ३० गते प्रस्ताव गर्ने तयारीमा आयोग

 सुबाश चौलागाई

भक्तपुर/निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आगामी कात्तिक महिनाको ३० गते प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगका एक पदाधिकारीले नेपाल समाचारपत्रलाई सोमबार दिएको जानकारीअनुसार कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी असार मसान्तभित्र मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भइरहेको छ । निर्वाचनको मिति आयोगसँगको परामर्शमा सरकारले तोक्ने कानुनी प्रावधान रहेको छ ।निर्वाचनको तयारीको लागि सामान्यतया १ सय २० दिन (चार महिना) अघि मिति घोषणा हुनुपर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । केही दिनअघि मात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणाका बारेमा अनौपचारिक

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

भ्रष्टाचारको यहि रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्ने : अभियान्ता पाठक

महावीर पुनको संघर्ष र नेपालका भविष्यका लागि एक प्रेरणा

बेलायतको रेडिङ्गमा ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्डबाट न्यौपाने सम्मानित l

३५ बोरा प्लास्टिकका माला बरामद -काठमाडौं महानगर

११ वर्षकै उमेरमा यूट्युबमा १ लाख सब्सक्राइबर: तनहुँका सञ्जोक अधिकारीको कीर्तिमान