नेकपा एमाले सचिवालय बैठक आज

 सुबाश चौलागाई

भक्तपुर/ नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक बस्ने भएको हो। समसामयिक राजनीतिक घटनाक्रम, अब हुने चुनावका लागि आवश्यक तयारीलगायत विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक राखेको छ।


प्रदेश सरकार बिबाद:- गठबन्धनको शीर्ष नेतृत्वले नै टुंग्याउनुपर्ने निष्कर्ष

 सुबाश चौलागाई

भक्तपुर/नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री राजेन्द्र पाण्डेको सन्दर्भमा कांग्रेस र माओवादीबाट भइरहेको हस्ताक्षरको बारेमा गठबन्धनको शीर्ष नेतृत्वले नै टुंग्याउनुपर्ने निष्कर्ष निकालेको छ । शनिवार प्रदेशसभा संसदीय दलको बैठकमा भएका छलफलबारे जानकारी दिँदै नेता कृष्ण खनालले केन्द्रीय गठबन्धनले जे गर्छ प्रदेशमा त्यही लागु हुने बताए । उनले तल हस्ताक्षर गर्ने वा हल्ला गर्ने कुराको कुनै तुक नहुने समेत बताए । खनालले अहिले बागमतीमा नेकपा एसले छाड्दा अर्को कुन प्रदेशको मुख्यमन्त्री पाउने भन्ने प्रश्न पनि रहेकाले यसबारेमा कुनै छलफल बैठकमा नभएको बताए ।


भारतीय राजदूत बालुवाटार हुँदै बालकोट

 सुबाश चौलागाई

भक्तपुर/नेपालका लागि भारतका नवनियुक्त राजदूत ओहोदाको प्रमाणपत्र पेश गरेपछि भेटघाटमा व्यस्त हुनुभएको छ । अस्ति दिउँसो राष्ट्रति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि उहाँ लगत्तै बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेपछि हिजो उहाँ पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुग्नुभएको हो । बिहान ब्रेकफाष्टपछि त्यहाँ पुग्नुभएका राजदूत लञ्चको समयमा लैनचौर आइपुग्नु भएको हो । बालकोटमा राजदूत नवीन श्रीवास्तव,पोलिटिकल अफिसर प्रसन्न श्रीवास्तव,दूतावासका प्रवक्ता नवीनकुमार पुग्नुभएको हो । एमालेका तर्फबाट अध्यक्ष ओली मात्र सहभागी हुनुहुन्थ्यो । हिजै भारतीय राजदूतले सिंहदरबार पुगेर परराष्ट्रमन्त्रीसँग भेट गर्नुभयो

मुख्य समाचार  संग सबंधीत छ |

सूचनाको हक र सकारात्मक सोचसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

 सुबाश चौलागाई

भक्तपुर/ ‘सूचनाको हक र सकारात्मक सोच’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्रको आयोजना र सूर्यविनायक नगरपालिकाको सहयोगमा भक्तपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा सञ्चारकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारी समेत गरी करिब ७० जना सहभागी भएका थिए । कार्यक्रममा सूचना आयोगका पूर्व आयुक्त किरण पोखरेलले सूचनाको हकको सम्बन्धमा प्रस्तुति दिएका थिए । उनले सूचनाका हक अन्तर्गत सूचना माग्ने र पाउने अधिकार मात्रै नपर्ने उल्लेख गर्दै त्यसलाई अध्ययन गर्ने र सकारात्मक रुपले ग्रहण गर्नसक्ने अवस्थामा मात्रै यसको वास्तविक रुपमा यसको उपलब्धि देखिने बताए

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

प्रदेशको सरकारबारे छलफल गर्न समाजवादीको संसदीय दलको बैठक शुरू

 सुबाश चौलागाई

भक्तपुर/नेकपा (एकीकृत समाजवादी)को बागमती प्रदेश संसदीय दलको बैठक शुरू भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । बैठकमा बागमती प्रदेश सभाका सांसदसहित पार्टी अध्यक्ष माधव नेपाल र केही पदाधिकारी पनि सहभागी छन् । बागमती प्रदेशमा पूर्वसहमति अनुसार नेपाली कांग्रेसले सरकारको नेतृत्व दाबी गरेपछि एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको हो । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने बेलामा ६ महिनापछि मुख्यमन्त्री कांग्रेसलाई दिने गोप्य सहमति भएको पत्र केही दिन अघि बाहिरिएको थियो । सोही सहमतिअनुसार कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

उपत्यकामा हैजाका बिरामी देखिने क्रम बढे संगै स्वास्थ्य मन्त्रालयद्वारा तयारी अवस्थामा बस्न अस्पतालहरूलाई आग्रह

 सुबाश चौलागाई

भक्तपुर/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा. समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौती थपिन गई हैजालगायत संक्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न देशभरका सबै अस्पतालाई निर्देशन दिए । अहिलेसम्म काठमाडौं उपत्यकामा हैजाका १७ बिरामी भेटिएका छन् । विपद् तथा महामारीलगायत प्रतिकार्यका लागि तयार एवं सतर्क रहन, स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकताअनुसार शय्याको व्यवस्थापन गर्न तथा औषधि उपकरणको तयारी गर्न सबै अस्पताललाई उनले निर्देशन

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेमकिपा अध्यक्ष बिजुक्छे निवास पुगेर समाजवादीका सम्मानित नेता खनालद्वारा समवेदना व्यक्त

 सुबाश चौलागाई

भक्तपुर/नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग भेट गरी समवेदना प्रकट गर्नु भएको छ । क्यान्सर रोगको उपचारको क्रममा गत साता अध्यक्षकी पत्नी शोभा प्रधानको निधन भएको थियो । नेकपा (एकिकृत समाजवादी)का सम्मानित नेता खनालले बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । एकिकृत समाजवादी पोलिट ब्युरो ,वाग्मती प्रदेश सभा सदस्य क.डा.राजेन्द्रमान श्रेष्ठ ,केन्द्रीय सदस्य क.भवानी खड्का, भक्तपुर जिल्ला कमिटी अध्यक्ष क श्यामसुन्दर बस्नेत सह-सचिव रामगोपाल चगुठी सचिवालय सदस्य एवं कार्यलय सचिव छन्द बिज्ञान निरौला,शिक्षक महासंघ भक्तपुरका अध्यक्ष

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

दक्षिण कोरियामा Jeju Air विमान दुर्घटना: २८ जनाको मृत्यु, उद्धार कार्य जारी

भ्रष्टाचारको यहि रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्ने : अभियान्ता पाठक

महावीर पुनको संघर्ष र नेपालका भविष्यका लागि एक प्रेरणा

बेलायतको रेडिङ्गमा ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्डबाट न्यौपाने सम्मानित l

३५ बोरा प्लास्टिकका माला बरामद -काठमाडौं महानगर