एमालेद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

 सुबाश चौलागाई

भक्तपुर/प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेकोले अर्थमन्त्रीको राजीनामा माग गरेको हो । एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको राजीनामा नआउञ्जे आफूहरु अर्थमन्त्रीले प्रस्तुत गर्ने कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय भएको बताए । उनले अर्थमन्त्री शर्माले घातक काम गरेको आरोप लगाए

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

केयुकेएल र ट्यांकरको पानीमा भेटियो झाडापखाला र हैजाको जीवाणु

 सुबाश चौलागाई

भक्तपुर उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयुकेएलको खानेपानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र ट्यांकर व्यवसायीले वितरण गर्ने खानेपानीमा झाडापखाला तथा हैजाजन्य जीवाणु (फिकल इ. कोलाई) भेटिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले मंगलबार र बुधबार पानीको नमुना परीक्षण गरेको थियो । स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो । त्यस क्रममा उपत्यकामा वितरण गरिने खानेपानी सीधै पिउनयोग्य नरहेको भेटिएको छ । केही नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले शुक्रबार अनुगमनलाई तीव्रता दिने जनाएको छ ।

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

विद्यार्थीहरुमाथि यौन दूर्व्यवहार गरेको मुद्दामा होस्टेल वार्डेन बस्नेत जेल चलान

 सुबाश चौलागाई

भक्तपुर। आफ्नै छात्रा विद्यार्थीहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ। बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केदारनाथ पौडेलको इजलासले ३५ वर्षीय होस्टेल वार्डेन बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। आदेशसँगै उनी डिल्लीबजार कारागार चलान भएका छन् । रामेछाप गोकुलगंगा गाउँपालिका–२ ठोसेका बस्नेत नेपाली कांग्रेसनिकट नेविसंघका विद्यार्थी नेतासमेत हुन् । उनीविरुद्ध पीडितका अभिभावकले जाहेरी दिएपछि फरार रहेको अवस्थामा रामेछापबाट पक्राउ परेका थिए । गत जेठ २१ गते पक्राउ परेका बस्नेतविरूद्ध कक्षा १०, ८ र ७

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जसपाले असार २७ र २८ गते बोलायो केन्द्रीय समिति बैठक

 सुबाश चौलागाई

भक्तपुर जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक असार २७ र २८ गते बोलाइएको छ। पार्टीका कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठकको मितिबारे जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय समितिको बैठक असार २७ र २८ गते मधेश प्रदेशको वीरगञ्जमा हुने भएको छ। फुटको संघारमा रहेका बेला जसपाले केन्द्रीय समिति बैठक बोलाएको हो। केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच सहमतिमै छुट्टिने निर्णयमा पुगिसकेका छन्। विवाद बढ्दै गएपछि दुई पक्ष सँगै बस्न नसकिने निष्कर्षमा पुगेका हुन्। दुई नेताबीच बुधबार कोटेश्वरमा छलफल भएको भट्टराई निकट

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बागमती सरकार परिवर्तनको संकेत

 सुबाश चौलागाई

भक्तपुर/बागमती प्रदेशमा हालसम्म तीन जना मुख्यमन्त्री बनिसकेका छन् । पछिल्लो समय प्रदेशले चौथो मुख्यमन्त्री पाउने चर्चा चल्न थालेको छ ।भागवण्डाअनुसार ६ महिनाका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री भएका हुन् । प्रदेशमा ६/६ महिना सरकार चलाउने गरी भएको सत्ता गठबन्धनका दलहरूको भागवण्डाको विषयले फेरि चर्चा पाउन थालेको हो । अब बाँकी ६ महिना नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पाउने शर्त छ । बिहीबार प्रदेश सांसदले मुख्यमन्त्री पाण्डेको राजीनामाको माग्दै हस्ताक्षर संकलन गरिएका छन् । शुक्रबारभित्रमा कुरा टुङ्गो लाग्ने माओवादी केन्द्रका एक प्रदेशसभा सदस्यले बताए

मुख्य समाचार  संग सबंधीत छ |

आज १७ औं राष्ट्रिय धान दिवस मनाइँदै

 सुबाश चौलागाई

काठमान्डौ/आज बुधबार असार १५ गते अर्थात राष्ट्रिय धान दिवस । देशभर विभिन्न कार्यक्रम गरेर १७ औं धान दिवस मनाईंदैछ । सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि मनाउने चलन छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठक सकियो वाम एकताको ढोका खुला

 सुबाश चौलागाई

भक्तपुर/एमालेबाट नौ महिनाअगाडि अलग भई बनेको एकीकृत समाजवादीले वाम शक्तिहरूसँग एकताको ढोका खुला गरेको छ । करिब १५ सय नेता सहभागी केन्द्रीय परिषद्को प्रथम बैठकले वाम एकताका लागि वार्ताको ढोका खुला राख्ने निष्कर्ष निकालेको हो । यद्यपि, पाँचदलीय गठबन्धन अहिलेको आवश्यकता भएको बैठकको ठहर छ । सम्मानित नेता झलनाथ खनालले पाँचदलीय गठबन्धन तोड्नुपर्ने आवश्यकता नरहे पनि वाम एकताको वार्ता खुला राख्ने निर्णय भएको बताए । ‘आमकार्यकर्ताको भावना र मुलुकको आवश्यकता वाम एकता हो । सबैसँग वार्ताको ढोका खुला गर्ने, कहाँ, कोसँग वार्ता गर्दा एकता सम्भव हुन्छ, त्यही गर्ने हो’, उनले भने, ‘यद्यपि, पाँचदलीय गठबन्धन तोडिहाल्ने

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मन्त्री फेरिएपछि आज मन्त्रिपरिषद् बैठक बस्दै

 सुबाश चौलागाई

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयाेजक गाेविन्द परियारले जानकारी दिए। आइतबार एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएपछि सोमबार बस्ने मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन। नवनियुक्त मन्त्रीहरू जीवनराम श्रेष्ठ (संस्कृति पर्यटन तथा नागरिक उड्डयन), मेटमणि चौधरी (सहरी विकास), भवानीप्रसाद खापुङ (स्वास्थ्य तथा जनसंख्या), शेरबहादुर कुँवर (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) र हिराचन्द्र केसी (स्वास्थ्य राज्यमन्त्री)ले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए।


उज्यालो समाचार

दक्षिण कोरियामा Jeju Air विमान दुर्घटना: २८ जनाको मृत्यु, उद्धार कार्य जारी

भ्रष्टाचारको यहि रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्ने : अभियान्ता पाठक

महावीर पुनको संघर्ष र नेपालका भविष्यका लागि एक प्रेरणा

बेलायतको रेडिङ्गमा ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्डबाट न्यौपाने सम्मानित l

३५ बोरा प्लास्टिकका माला बरामद -काठमाडौं महानगर