जसपाले पनि सबै मन्त्री फिर्ता बोलाउने

 सुबाश चौलागाई

भक्तपुर/जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय एक नेताले रातोपाटीलाई बताए । कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय नेतालाई बोलाइएको थिएन । सोमबार बिहान

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

अपडेट: कोटेश्वरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

 सुबाश चौलागाई

काठमाडौंको/कोटेश्वरमा सोमबार साँझ डरलाग्दो सवारी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएको थियो । दुर्घटनापछि हायसले दाया च्याप्दा बालकुमारीबाट आएको प्रदेश ३-००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुग्यो । दुर्घटनामा हायसको अगाडिको भाग क्षतविक्षत भएको छ । हायसको ठक्करबाट घाइते भएका पैदलयात्रु ५२ वर्षीय देबकुमार सेनको मृत्यु भएको छ । हायसका सहचालक २३ वर्षका विमल सुनार घाइते भएका छन्

मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय  संग सबंधीत छ |

कोटेश्वरमा ट्रक र माइक्रोबस ठोक्कियो

 सुबाश चौलागाई

काठमाडौँ- काठमाडौंको कोटेश्वरमा सोमबार साँझ ट्रक र माइक्रोबस ठोक्किएर दुर्घटना भएको छ। प्रदेश २-००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बर माइक्रोबस ठोक्किएर दुर्घटना परेको हो। रत्नपार्कबाट भक्तपुर जाने रुटमा चल्ने माइक्रोबस र ट्रक दुर्घटनामा परेको हो। क्षतिको विवरण भने आइनसकेको प्रहरीले जानकारी दिएको छ।


पर्यटन मन्त्री जीवनराम श्रेष्ठ को हुन् ?

 सुबाश चौलागाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका चार नयाँ मन्त्री थपिएका छन् । जसमा जीवनराम श्रेष्ठ पनि परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सोमबार कार्यभार सम्हालेका मन्त्री श्रेष्ठ २०३६ सालको विद्यार्थी आन्दोलनको उभारबाट राजनीतिमा होमिएका थिए । त्यसयता एक जुझारु कार्यकर्ता, इमान्दर संगठक र नेकपामा आस्था राख्ने अनि स्थानीय राजनीतिको बलियो खम्बाको रुपमा उनी स्थापित भएका छन् । उनी काठमाडौंको स्थापित राजनीतिक नेताका रुपमा अग्रणी भूमिकामा छन् । श्रेष्ठ एकीकृत समाजवादीका केन्द्रीय सचिव, संसदीय दलको प्रमुख सचेतक तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष हुन् । स्थानीय राजनीतिबाट प्रशिक्षित उनी काठमाडौंको

समाचार  संग सबंधीत छ |

एसपीपीमा आवद्ध नहुने निर्णय गर्दै सरकारले अमेरिकालाई पठाइयो पत्र

 सुबाश चौलागाई

काठमाडौं / नेपालले अमेरिकालाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आवद्ध नहुने आधिकारिक निर्णय पठाएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आवद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी गराउनुभएको हो । चौतर्फी प्रश्न उठेपछि गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भन्दै यसबारे अमेरिकी सरकारलाई पत्र लेखेर जानकारी गराउने निर्णय गरेको थियो ।सार्वजनिक विवरण अनुसार तात्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पहिलो पटक २०१५ मा नेपाललाई एसपीपीमा सहभागी गराउन आग्रह गरेर अमेरिकालाई पत्राचार गर्नुभएको थियो । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा

मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय  संग सबंधीत छ |

गायिका दिलमायाको हत्या भएको पुष्टि

 सुबाश चौलागाई

काठमाडौं /आत्महत्या गरेकी भनिएकी गायिका दिलमाया विश्वकर्माको हत्या भएको पुष्टि भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दिलमायाको हत्या श्रीमानको रुपमा सँगै बस्ने गरेका सिन्धुपाल्चोकका ३८ वर्षीय खिलबहादुर श्रेष्ठले गरेका हुन्। उनले राति २ बजे मृतकको कोठामा गई बिहान ४ बजे हत्या गरी भागेको बयान दिएका काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए। उनका अनुसार महाराजगञ्जस्थित कतारभिषा सेन्टर नजिक सडक किनारमा पोको पारी फालेको अवस्थामा मृतककाे सलसमेत फेला पारी बरामद गरिएकाे छ। गत शनिबार तारकेश्वर ११ नेपालटारस्थित कोठामा बसेकी सुर्खेत गुर्भाकोटकी दिलमाया मृत अवस्थामा फेला परेकी थिइन्। तत्कालै प्रहरी बृत्त बालाजुबाट

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आईजीपी नियुक्तिविरुद्धकाे रिटमा आज सुनुवाई हुने

 सुबाश चौलागाई

काठमाण्डौ/नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (सोमबार) सुनुवाई हुने भएकाे छ । यसअघि असार ५ गते सुनुवाई भएको मुद्दालाई हेर्दाहेर्दैमा राखेर सोमबारका लागि सुनुवाई तोकिएको थियो । कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलसामा सुनुवाई भइरहेको मुद्दामा रिट निवेदक विश्वराज पोखरेलका तर्फबाट १३ जना कानून व्यवसायीले बहस गरिसकेका छन् । उनीहरूले सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानूनी रहेको दावी गरेका छन् । सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको

राष्ट्रिय, समाचार, स्थानीय  संग सबंधीत छ |

नव नियुक्त श्रममन्त्री कुँवर को हुन् ? यस्ताे छ अछाम जिल्ला देखिको राजनीतिक यात्रा

 सुबाश चौलागाई

काठमाडौं/ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर नियुक्त भएका छन् । नेकपा एकीकृत समाजवादीको गत जेठ २० गते बसको सचिवालय बैठकले कुँवरसहित अन्य ४ जनालाई मन्त्रीका लागि सिफारिस गरे पनि झण्डै २४ दिनपछि मन्त्री नियुक्त भएका हुन् । विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका कुँवर स्वच्छ छवि भएका नेता मानिन्छन् । तत्कालीन माओवादी जनयुद्धमा समेत नेकपा एमालेलाई जिल्लामा स्थापित गराउन नेता कुँवरले सक्रिय भूमिका निर्वाह गरेका थिए । मन्त्री कुँवरको जन्म अछाम जिल्लाको साबिक पायल गाविस बडा नम्बर ५ मा स्व.कर्णसिंह कुँवर र बसुन्धरा कुँवरको

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

उज्यालो समाचार

गुजरातमा अनौठो घटना: जागिर छोड्न नसक्ने दबाबले चार औंला आफैं काटे

दक्षिण कोरियामा Jeju Air विमान दुर्घटना: २८ जनाको मृत्यु, उद्धार कार्य जारी

भ्रष्टाचारको यहि रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्ने : अभियान्ता पाठक

महावीर पुनको संघर्ष र नेपालका भविष्यका लागि एक प्रेरणा

बेलायतको रेडिङ्गमा ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्डबाट न्यौपाने सम्मानित l