मन्त्रीहरूको राजीनामा गोजीमा बोकेर हिँडेको छु, आवश्यक परेको बेला सार्वजनिक गर्छु : माधव नेपाल

 सुबाश चौलागाई

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको राजीनामा पत्र आफूसँग रहेको बताएका छन् । केही मन्त्रीहरूले राजीनामा पत्र आफूलाई दिएको र आफूले गोजीमा बोकेर हिँडेको उनले बताए । आवश्यक पर्दा सार्वजनिक गर्ने पनि नेपालले बताए ।


राष्ट्रियसभाको बैठक बस्दै

 सुबाश चौलागाई

काठमाडौं । आज पनि राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ । प्रतिनिधिसभामा भने बजेट पारित भइसकेको स्थिति छ । यता राष्ट्रिय सभामा भने बजेटमाथिको छलफल सकिएको छैन ।


आज राती १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने निगमले तयारी

 सुबाश चौलागाई

भक्तपुर/ सरकारले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । आज राती १२ बजेदेखि नै मूल्य समायोजन गर्ने निगमले तयारी गरेको छ । सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो । शनिबार बिहान बसेको बैठकमा आजै मन्त्रिपरिषदको बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने

अर्थ, मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

देशका ७५३ मध्ये ७०२ स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम र बजेट

 सुबाश चौलागाई

काठमाडौं : देशका ७५३ मध्ये ७०२ स्थानीय तहले नयाँआर्थिक वर्ष २०७९\०८० को बजेट प्रस्तुत गरेका छन्। उनीहरूले आ–आफ्नो गाउँ\नगर सभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेका हुन्। नेपाल नगरपालिका संघले २९३ मध्ये २६७ नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट पेश गरेका जनाएको छ। २६ नगरपालिकाको बजेट आउन बाँकी छ । बाजुराको बुढीगंगामामा भने निर्वाचन नै हुन बाँकी छ। बजेट पेस गर्न नसकेका पालिकाहले केही दिनमै सभा सुरु गर्ने जानकारी प्राप्त भएको महासंघको भनाइ छ। नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले नीति तथा कार्यक्रम र बजेट तयारीका लागि छोटो समय रहेका कारण

मुख्य समाचार, समाचार, स्थानीय  संग सबंधीत छ |

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

 सुबाश चौलागाई

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । काठमाडौंको बबरमहलस्थित कार्की बैङ्कटमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, आगामी कार्ययोजना, सङ्गठनात्मक अवस्था, गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने वा नराख्नेलगायत विषयमा छलफल हुने बताइएको छ । आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल, जलवायु परिवर्तन, खाद्य सङ्कट र आर्थिक सङ्कटका विषयमासमेत छलफल गरिने तथा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरिने छ । पार्टीको प्रचार विभागका उपप्रमुख शम्भु श्रेष्ठले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी छलफल गरिने जानकारी दिए ।


गरिब, निमुखा र जेहेन्दार विद्यार्थीहरुलाई सहुलियत दिएको नाममा ख्रीष्टियन स्कुल मनपरी शुल्क असुल्दै,मुकदर्सक सम्बन्धित निकाय

 सुबाश चौलागाई

ललितपुर । ललितपुरको नख्खुमा रहेको कोरियन खीष्टियन मिशनरीहरुले संचालन गरेको स्कुल लिभिङ स्टोन एकेडेमीले अभिभावकसँग विभिन्न बाहनामा मनपरी शुल्क लिनेको खुलेको छ । गुणस्तरिय शिक्षा दिने नाममा अभिभावकसंग निजी स्कुलहरुले गैरकानूनी रुपमा मनपरी शुल्क असुली रहेको तथ्य फेला परेको हो । नीजी स्कूलले मनपरी शुल्क असुली गरिरहेको भन्ने सूचनाको आधारमा समाचार संकलनका लागि एक अनलाइनको टोली रिर्पोटीङ गर्न शुक्रवार स्कूल पुग्दा विद्यार्थीका अभिभावकले ख्रीष्टियन मिशनको नाममा स्थापित नख्खुको खीष्टियन मिशनरी स्कुल लिभिङ स्टोन एकेडेमीले विद्यालयको विभिन्न शिर्षकमा अभिभावकबाट मनपरी शुल्क असुल गरिरहेको अभिभावकहरु आफुहरु मर्कामा परेको बताएका छन । यता

मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्थानीय  संग सबंधीत छ |

पार्टीको निर्णय कार्यान्वयन गर्न एकीकृत समाजवादी अध्यक्ष नेपालको मन्त्रीहरूलाई आग्रह

 सुबाश चौलागाई

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गरेका छन्। शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गरेका हुन्। उनले शनिवारसम्म मन्त्री हेरफेर भइसक्ने पनि बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालले पार्टीको निर्णय परिवर्तन नहुने बताएको जानकारी दिए। उनले भने, ‘मन्त्रीहरूका सन्दर्भमा उठेका प्रश्नमा अध्यक्षले उत्तर दिँदै बैठकमा पार्टीको निर्णय कार्यान्वयन हुने। आज, भोलिभित्र कार्यान्वयन भइसक्नेजस्ता विषयमा उहाँले प्रकाश पार्नुभएको छ र यसको अन्तिम निर्णय भोलि केन्द्रीय

मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्थानीय  संग सबंधीत छ |

उज्यालो समाचार

गुजरातमा अनौठो घटना: जागिर छोड्न नसक्ने दबाबले चार औंला आफैं काटे

दक्षिण कोरियामा Jeju Air विमान दुर्घटना: २८ जनाको मृत्यु, उद्धार कार्य जारी

भ्रष्टाचारको यहि रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्ने : अभियान्ता पाठक

महावीर पुनको संघर्ष र नेपालका भविष्यका लागि एक प्रेरणा

बेलायतको रेडिङ्गमा ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्डबाट न्यौपाने सम्मानित l