त्रिशूली नदीमा बस खस्यो, उद्धार कार्य जारी

 न्युज डेस्क

काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–२, चालिसेस्थित छहरेबाट त्रिशूली नदीमा बस खसेको छ । काठमाडौंबाट पश्चिम जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस  दुर्घटनामा परेको छ | आज बिहान ११ बजेको समयमा त्रिशूली नदिमा खसेको प्रहरीले जानकारी दिएको छ । ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको खोजी कार्य जारी  छ | अहिले घटनास्थलमा नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । घाइतेहरूको उद्दार गरी गजुरी अस्पलाल लगिएको छ । ।


हालै आयरल्याण्डमा भएको मानिस र कुकुरको विवाहको सत्यता

 न्युज डेस्क

मानव–पशु विवाह भनेको जनावर र मानव बीचको विवाह हो। यो विषय पौराणिक कथा र जादुई कथा मा देखा परेको छ।मानव–पशुबन्धन मानिसहरू र जनावरहरू बीचको पारस्परिक रूपमा लाभदायक र गतिशील सम्बन्ध हो जुन दुवैको स्वास्थ्य र कल्याणको लागि आवश्यक व्यवहारहरूद्वारा प्रभावित हुन्छ। यसमा, अन्य चीजहरू बीच, मानिसहरू, जनावरहरू र वातावरणको भावनात्मक, मनोवैज्ञानिक, र शारीरिक अन्तरक्रियाहरू समावेश छन्।       यस्तै एक महिलाले भर्खरै कुकुरसँग विवाह गरेकी छिन् | उत्तरी आयरल्याण्डकी विल्हेल्मिना मोर्गन नामकी महिला  आफ्नो कुकुर, हेनरीसँग आठ वर्षअघि विवाह गरेको दाबी गर्छिन्। उनले भनिन्, ‘अहिलेसम्म मैले भरपर्दो श्रीमान् भेटिनँ र संसारमा

मुख्य समाचार, समाज  संग सबंधीत छ |

वेष्टइण्डिएस बिरुद्ध नेदरल्यान्ड को सुपर ओवरमा रोमान्चक जित

 न्युज डेस्क

तकासिङहा क्रीकेट क्लब मा भएको क्रीकेट म्याचमा ३७४ को लक्ष्य पछ्याको Netherland ले आफ्नो ९ Wicket गुमाएर ३७४ रन बनायो र खेल ‘superover’मा पुग्यो | पहिले batting गर्न आएको Netherland ले अन्तिम बलमा Logan van Beek ले ३ छक्का र ३ चौका को बारी मा ३० रन बनायो | ३१ रन को लक्ष्य पाएको वेष्टइन्दिएस ले अन्तिम सिक्स बलमा २ Wicket गुमाउदै मात्र ८ रन बनायो |


आश्चर्यजनक चित्रकला प्रदर्शनी: बांगलादेश र नेपालको सांस्कृतिक सम्बन्ध उज्यालोमा

 न्युज डेस्क

काठमाण्डौँ, बबरमहलमा नेपाल आर्ट काउन्सिलको आयोजनामा बांगलादेशी दूतावासको चित्रकला प्रदर्शनी सुरु भएको छ।‘लभ फर ल्याडंवेज एण्ड कल्चर‘ (भूमि र संस्कृतिको माया) यस्तो चित्रकला प्रदर्शनीमा देखाउने भाव अबिस्कार गर्नुहुनेछ। यसको उद्घाटन शुक्रबार  उपप्रधानमन्त्री र गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए। प्रदर्शनीमा ३३ चित्रकला प्रदर्शन गरिएका छन्, जुनको मुल्य ३,५०० रुपैयाँबाट २ लाखसम्म छ। यस कला प्रदर्शनी २७ जुन (मंगलवार) सम्म चल्नेछ, यो आयोजक पक्षद्वारा घोषित गरिएको छ। कलाकारहरूले बांगलादेश र नेपालको सांस्कृतिक समानता र विविधतासँगै रहनसहनलाई क्यानभासमा प्रस्तुत गरेका छन्।


र्‍याप्पर गिरिस खतिवडा विरुद्ध ज्यान मुद्दामा किटानी जाहेरी दर्ता…

 न्युज डेस्क

र्‍याप्पर गिरिस खतिवडा विरुद्ध जिल्ला प्रहरी कार्यलय मोरंगमा कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दर्ता भएको छ । विराटनगरस्थित जी क्याफे एण्ड बिस्ट्रोमा घाइते भई उपचारको क्रममा मृत्यु भएका कासिद अन्सारीको सुनियोजित हत्या भएको भन्दै मृतकका दाइले जी क्याफेका संचालक गिरिश खतिवडा सहित क्याफेका अन्य दुई कर्मचारी विरुद्ध किटानी जाहेरी दिएका छन् । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले अहिलेसम्म हत्या नै भएको हो भन्ने प्रमाण नभेटिएको र पोस्टमर्टमको रिपोर्टको पर्खाईमा रहेको जानकारी दिएका छन् ।


उज्यालो समाचार

प्रधानन्यायाधीशमा राउत सिफारिस

गोरखा मिडियामा सहकारीहरुबाट रकम ल्याउने सम्पूर्ण प्रक्रियामा रास्वपा सभापति लामिछानेको संलग्नता नरहेको पुष्टि 

विशाल क्षुद्रग्रह ‘२०२४ क्युएल९’ आज राति पृथ्वीको नजिकबाट गुज्रिँदै: कुनै खतराको संकेत छैन

पृथ्वी नजिक खतरनाक क्षुद्रग्रह – वैज्ञानिकहरू उच्च सतर्कतामा

असोज ९ गतेबाट भक्तपुरको सल्लाघारीमा व्यापार महोत्सव हुने