आफ्नै बुबाको मृत्युको समाचार लेख्न जाँदा |
न्युज डेस्क

बैतडी ,शुक्रबार बिहान बैतडीका पत्रकार कृष्ण विष्ट रेडियोको स्टुडियोमा समाचार पढ्दै गर्दा ट्याक्टर दुर्घटनाको खबर आयो। ८ बजेको समाचार पढेर उनी मोटरसाइकल चढेर घटनास्थलतर्फ हिँडे। पाटन नगरपालिका– ८ खोड्पेमा रहेको रेडियो सेभेनस्टारको कार्यालयभन्दा ६ किलोमिटर टाढा बैतडी–बझाङ सडकको झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो। विष्ट घटनास्थल पुगेको करिब १० मिनेटसम्म मृतकबारे बेखबर थिए। सडकभन्दा ५० मिटर तल पल्टिरहेको ट्याक्टरसँगैको शवको सनाखत हुँदा मृतक पत्रकार विष्टका आफ्नै बुबा रहेको खुल्यो।‘घटनास्थलमा पत्रकार विष्टले फोटो खिचिसकेपछि मोबाइलमा समाचार लेख्न थाल्नुभयो,’ मोटरसाइकलमा सँगै गएका केशव जोशीले भने, ‘छिटो समाचार पठाउन मसँग मोबाइल