ओमानले आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई हरायो
न्युज डेस्क

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप अन्तर्गत ओमानले विजयी शुरुवात गरेको छ । सोमबार सम्पन्न समुह बि अन्तर्गतको खेलमा ओमानले आयरल्याण्डलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेकोहो । आयरल्याण्डले दिएको २८२ रनको लक्ष्य पछ्याएको ओमानले ४८.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २८१ रन बनाएको थियो । समुह बि मा ओमानले टेस्ट देशलाई हराउदै महत्वपूर्ण २ अंक हासिल गरेको छ । समुह बि अन्तर्गत आजै सम्पन्न खेलमा श्रीलंकालेयुएईलाई पराजित गरेर २ अंक हासिल गरेको